शोक प्रस्ताव बहुमतबाट पारित, अर्को बैठक भोलि बस्ने

शोक प्रस्ताव बहुमतबाट पारित, अर्को बैठक भोलि बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको दोस्रो अधिवेशनको २३ औ बैठकबाट सभाले बहुमतबाट शोक प्रस्ताव पारित गरेको हो । सभामुख भीमबहादुर भण्डारीले शोक प्रस्ताव बहुमतबाट पारित भएको जानकारी दिए ।

सभाको अर्को बैठक भोलि १ बजे बस्ने गरि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिए ।