नेकपा एमाले धनगढीले टुङ्गयायो प्रतिनिधि

नेकपा एमाले धनगढीले टुङ्गयायो प्रतिनिधि

धनगढी । नेकपा एमाले सुदूरपश्चिम अधिबेशनको लागि प्रतिनिधि छनोट चलिरहेको बेला धनगढी उपमहानगरपालिकामा भने प्रतिनिधि निर्बिरोध निर्वाचित भएका छन् ।

उपमहानगरपालिका नगर कमिटीको प्रदेश अबिधेशन प्रतिनिधी पदमा आवश्यक संख्यामा मात्रै उम्मेद्धारी दर्ता भएकाले निर्बिरोध निर्वाचित भएको पार्टीले सुचना मार्फत जनाएको छ ।

महिला तर्फ रुक्मणी देवकोटा, लोग्शरी कुँवर, बसन्ती चौधरी, कन्दकला राना, सानु सावद, अम्बिका बिष्ट र चित्रा ओझा गरी ७ जना प्रतिनिधी रहेका छन् भने युवा तर्फ प्रशान्त थापा र तिर्थराज भट्राई गरी २ जना रहेका छन् ।

यस्तै, खुला तर्फ धर्मराज पाठक, जीवन कुमार बम्, राजेशकुमार खाती, यज्ञराज ढु्गना, नेपाल चौधरी, रण ब. चंन्द, दुर्गाप्रसाद जोशी, भिमलाल जोशी, रामचन्द्र जैशी, बिष्णु चन्द, डिल्ली खड्का, कमलसिंह राना र चुँडामणी भट्ट गरी १३ जना प्रतिनिधी रहेका छन् । 

प्रदेश निर्वाचन क्षेत्र नं. १ बाट एक जना र निर्वाचन क्षेत्र नं. २ बाट दुई जना रहेका छन् । क्षेत्र नं. १ मा दलितबाट सत्यराज स्नेही र क्षेत्र नं. २ दलितबाट प्रेमकुमार बिसी र सरिता सिजापती रहेका छन् ।