एमाले प्रदेश अधिवेशनः चुरेबाट प्रतिनिधि छनोट

एमाले प्रदेश अधिवेशनः चुरेबाट प्रतिनिधि छनोट

धनगढी । असोज २१ र २२ गते हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि चुरे गाउँपालिकाबाट प्रतिनिधि छनोट गरिएको छ । एमाले चुरेले अधिवेशनका लागि ७ प्रतिनिधि छनोट गरेको हो ।

जसमा खुल्ला तर्फ किसन सि साउद (विशाल), राम शाह, रबिन्द्र राना, धन ब।रोका मगर र दान ब. महरा चयन भएका छन । त्यस्तै महिला तर्फ दिपा देवी साउद र सुसिला देबि सिजापती मगरलाई चयन गरिएको एमाले चुरे कमिटीले जनाएको छ ।

एमाले प्रदेश कमिटीको निर्णय अनुसार असोज २१ र २२ गते हुने अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट एक साथ प्रतिनिधि छनोट गर्नका लागि सोमबारको समय तोकिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा एमालेका ५३ हजार बढी संगठित सदस्य छन् ।