नेकपा एमाले कैलालीले तीन स्थानीय तहमा लगायो प्रतिनिधिको टुङ्गो

नेकपा एमाले कैलालीले तीन स्थानीय तहमा लगायो प्रतिनिधिको टुङ्गो

धनगढी । नेकपा एमाले कैलालीले तीन स्थानीय तहमा प्रतिनिधिको टुङ्गो लगाएको छ ।

असोज २१ गते हुन लागेको प्रदेश अधिवेशनका लागि जिल्लाका तीन स्थानीय तहको प्रतिनिधिको टुङ्गो लगाएको हो ।

आजदेखि सुरु  भएको निर्वाचन प्रक्रिया अन्तरगत जिल्लाका अधिकांश स्थानीय तहमा प्रतिनिधि छनौटमा समस्या रहेको छ ।
कार्यवाहक अध्यक्ष दुर्गा जोशीले जिल्लाको चुरे र वर्दगोरिया गाउँपालिका तथा गौरीगंगा नगरपालिकामा प्रतिनिधिको टुङ्गो लागेको बताए ।

उनले जिल्लाका अन्य स्थानीय तहमा मंगलबारसम्म टुङ्गो लाग्ने बताए । उनले प्रतिनिधिमा विवाद नभई सहमतिको प्रयास भइरहेको बताए ।

स्रोतका अनुसार धनगढीसहित जिल्लाका केही स्थानीय तहमा प्रतिनिधि छनौटका लागि पनि निर्वाचन गर्नुपर्ने स्थिति देखिएको छ ।