एसियाली क्रिकेटको क्वार्टरफाइनः नेपालले भारतसँग खेल्ने

एसियाली क्रिकेटको क्वार्टरफाइनः नेपालले भारतसँग खेल्ने

काठमाण्डौँ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ ।

सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी–२० आई खेल्ने भएको हो ।

खेल नेपाली समय अनुसार मंगलबार बिहान पौने ७ बजे सुरु हुने छ । अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

उता पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँग खेल्ने भएको छ। श्रीलंकाले अफगानिस्तानलाईलाई प्रतिद्वन्द्वी पाएको छ।