मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सुदूरपश्चिम ११ स्पोर्टस् क्लब विजयी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सुदूरपश्चिम  ११ स्पोर्टस् क्लब  विजयी

धनगढी । भारतको लखनउमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सुदूरपश्चिम ११ स्पोर्टस् क्लव विजयी भएको छ ।

म्याक्स स्पोर्टस् क्लव लखनउलाई हराएर सुदूरपश्चिम ११ स्पोर्टस् क्लब  विजयी भएको हो । ६० मिनेटसम्म बराबरी भएको खेलको ट्राभेटरीमा क्लब बिजयी भएको थियो ।

क्लबका अध्यक्ष सुरेश हमालले मैत्रीपूर्ण खेलमा सुदूरपश्चिम ११ विजयी भएको बताए ।