प्रथम शारीरिक सुगठनको उपाधि पन्त र चन्दलाई

प्रथम शारीरिक सुगठनको उपाधि पन्त र चन्दलाई

धनगढी । प्रथम सुदूरपश्चिम श्री  शारीरिक सुगठनको उपाधि लक्ष्मी दत्तपन्त र सुनिल चन्दले प्राप्त गरेका छन् ।

सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता अन्तरगत शाररिक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ पन्तले उपाधि पाएका हुन् ।

यस्तै  शारीरिक सुगठन विधामा दितिय पुरस्कार आर्यान शाही, तृतिय अर्जुन साउद र सहानुभुति तर्फ अनिल सेरलाले प्राप्त गरेका छन भने मेन्स फिजिकतर्फ दितिय पुरस्कारतर्फ अजय रिजाल, तृतिय अमृत रावत र सहानुभुतितर्फ सन्देश शाहले प्राप्त गरेका छन् ।

प्रतियोगिताका दुवै विधाका विजेतालाई जनहीनगद २५ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिइएको छ ।साथमा जिन्सी पुरस्कार हरू पनि प्रदान गरिएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले विजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा सामाग्री हष्तान्तरण गरे ।

सो अवसरमामन्त्री साउदले खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेटमा कमि हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले भने –‘अहिले खेलकुदमा सिमित स्रोत साधन रहेको छ । प्रदेश सरकारले अहिले पनि खेलकुदमा बजेट विनियोजन गरेको छ । तर, त्यो अप्रर्याप्तहो । आगामी आर्थिक वर्षमाप्रदेश सरकारले प्राथमिकता क्षेत्र पहिचान गरि खेलकुदमा बजेट विनियोजन गर्ने छ ।’

उनले वेरोजगारी, गरिवि व्याप्त रहेको बताउँदै ‘यो साझा समस्या बनेको छ । जसका कारण कुलतमा फसेका छन् । तेब्बर ढंगले लागु औषध दुव्र्यशनी प्रयोगकर्ता बढेको छ ।’

उनले खेलकुद प्रतियोगिताले युवाहरुलाई कुलतमा फस्नबाट रोक्ने भएकाले युवाहरुले विभिन्न खेलकुद प्रतियोगिता गर्न जरुरी रहेको बताए । उनले भने–‘युवाहरु जागरूक नबने सम्म प्रदेश बन्दैन । यवाहरूले आफै स्वरोजगारको सृजना गर्नुपर्छ ।’

उनले क्रिकेट, फुटबलमा प्रदेश अघि बढेको बताउँदै‘ खेलप्रेमी साथि अघि बढ्नुहोस । प्रदेश सरकारले हरेक क्षेत्रमा सहयोग गर्छ । युवाहरुमा एकता, धैर्यता, उर्जावान जरूरी छ ।’ क्लबका अध्यक्ष मोहन तामाङको अध्यक्षतामा प्रतियोगिता भएको हो ।