क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता

क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता

धनगढी । नेपाली कांग्रेस कैलालीले क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता गरेको छ ।

कांग्रेस कैलालीले बिहीबार सूचना जारी गर्दै १४औं महाधिवेशनका क्रियाशिल सदस्य नविकरण गरेर यही असोज २० गते भित्र नविकरण गरेको फाराम र शुल्क जम्मा गरेको भौचर जिल्ला पार्टी कार्यालयमा बुझाउन ताकेता गरेको हो ।

यसअघि तोकिएको मितिमा फाराम र भौचर नबुझाएका मातहतका निकायलाई फेरि ताकेता गर्दै सूचना जारी गरिएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।