संरचना नबन्दै सार्ने चर्चा

संरचना नबन्दै सार्ने चर्चा

धनगढी । सुदूरपश्चिमप्रदेश सरकारले प्रदेश राजधानी घोषणा गरेको आजपाँचवर्ष पुरा भएको छ ।सुदूरपश्चिमप्रदेश सभाले प्रदेशको राजधानी घोषणा गरेको आजशुक्रबार पाँचवर्ष पुरा भइछैटौंवर्षमापुगेको हो । 

प्रदेशसभाको १२ असोज २०७५ मा बसेको दोस्रो अधिवेशनको ४६ औँ  बैठकले गोदावरी नगरपालिका वडा नम्बर २ र ४ क्षेत्रमा स्थायी राजधानीबनाउने निर्णय गरेको थियो । घना वन क्षेत्रमासेर प्रदेश राजधानीबनाउने निर्णय विरुद्धको मुद्दा अहिले पनि सर्वोच्चअदालतमाविचाराधीन छ । 

राजधानी घोषणा भएको चार वर्ष भइसक्दा दोस्रो कार्यकालको पहिलो वर्षको नेतृत्वनयाँ सरकारले गरेको छ । अहिलेकामुख्यमन्त्रीकमलबहादुर शाहले सोही राजधानीकाविषयमाविवादितधारणा सार्वजनिकमञ्चमै व्यक्तगरिसकेका छन् । मुख्यमन्त्रीशाहले प्रदेशको राजधानीगोदावरी नहुनपनि सक्नेधारणा प्रदेश भ्रमणका क्रममा बताए ।

‘मैले गठबन्धनका दलहरूबीचमा छलफल सुरु गरिसकेको छु। गोदावरीमा राजधानीबनाउने दुई तिहाइको निर्णय पनिहो। विभिन्नकारणले त्यहाँ राजधानीबनाउने काम अघि बढ्न सकेको छैन,’मुख्यमन्त्रीशाहले भने, ‘अबहामीवनमन्त्रालयदेखि सरोकारवालामन्त्रालयलसँगअनुमतिलिएर राजधानीबनाउने प्रक्रियामा अगाडि बढ्छौँ।’

यद्यपीअहिले प्रदेश सभा सञ्चालननहुँदा राजधानी सार्ने वा सोही ठाउँ बनाउने विषयमा छलफल भने अघि बढ्न सकेको छैन् । मुख्यमन्त्रीकमलबहादुर शाहले माघ २७गते प्रदेशको दोस्रो कार्यकालको नेतृत्व सम्हालेकाहुन् । 

उनले राजधानी सार्ने विषयमा सार्वजनिकधारणा व्यक्त गरेसंगै प्रदेशकाअधिकास मानिसले आफनो जिल्लालाई राजधानीबनाउनमाग गरेकाथिए । सामाजिक सञ्जालमा कैलालीको धनगढीदेखि दार्चुलासम्मकामानिसले आफनै जिल्ला राजधानी हुुनुपर्ने सुझावदिएकाथिए ।

के सर्छ त राजधानी?

प्रदेश तथाप्रतिनिधि सभाको दोस्रो कार्यकालको निर्वाचनभइरहदा सुदूरपश्चिमको राजधानीचुनावीएजेण्डा बनेको थियो । प्रदेश सभाको निर्वाचनभइरहदाउम्मेदवारहरुले प्रदेशको राजधानीलाई केन्द्रमा राखि भाषण गरेकाथिए । कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभाकाउम्मेदवार विरबहादुर बलायर र प्रदेश सभाकाउम्मेदवार प्रकाशबमले गोदावरीमाअल्पत्र रहेको घोषित राजधानीमाभौतिक संरचनानिर्माण गराउने प्रतिवद्धता व्यक्त गरेकाथिए । प्रतिनिधि सभामानिर्वाचित बिरबहादुर बलायरले प्रतिनिधि सभाको बैठकमा प्रदेशको घोषित राजधानीलाई कार्यान्वयनगरिनुपर्ने माग गरेकाथिए ।

यद्यपीमुख्यमन्त्रीकमलबहादुर शाहले सार्वजनिक स्थलमै गोदावरी राजधानीहुननसक्ने बताएपछि सर्ने सम्भावना बढेको छ । वन सम्बन्धि मुद्दा र संघिय सरकारले असहयोग गर्दा घोषित राजधानीअहिलेसम्मकार्यान्वयनमानजाँदागोदावरी नगरपालिकाको अर्को वडा अथवा धनगढीमै राजधानीबन्न सक्ने सम्भावना बढेको छ । 

कागजमै सिमित राजधानी

तत्कालिनमुख्यमन्त्रीत्रिलोचन भट्ट नेतृत्वमा५ फागुन २०७४ मा सुदूरपश्चिमप्रदेश सरकार गठन भएको थियो । सोअवधिमाप्रदेश सरकारको देखिने गरी भएको उपलब्धिप्रदेशको नामकरण र राजधानीतोक्ने कामहो । त्यो पनिअलपत्रअवस्थाअर्थात् कागजमै सीमितबन्यो ।

रस्साकस्सीबीचप्रदेश राजधानीतोकेको सरकारले अहिलेसम्मजमिनसमेत प्रदेश सरकारको नाममाबनाउन सकेको छैन । तेघरी वन फाँडेर प्रदेश राजधानीनिर्माण गर्ने सरकारको प्रस्तावप्रदेशसभाबाट पारित हुँदापनिचर्को विरोध भएको थियो ।

प्रदेश राजधानीकालागितत्कालीनअवस्थामा डोटी र कैलालीमाआन्दोलनसमेत भएको थियो । घना वन क्षेत्रमासेर प्रदेश राजधानीबनाउने निर्णय विरुद्धको मुद्दा अहिले पनि सर्वोच्चअदालतमाविचाराधीन छ । 

प्रदेशकामुख्यमन्त्री र मन्त्रीहरूले स्थायी राजधानीनिर्माणमा संघीय सरकार बाधकबनेको भन्दै उम्किने गरेकाथिए। गोदावरीलाई प्रदेशको स्थायी राजधानीतोकिएपछि निकै खुसीभएकागोदावरी नगरवासी राजधानीतोकिएको चार वर्षसम्मकुनै पनिप्रक्रिया अगाडि नबढेको भन्दै निराश छन् । अहिले मुख्यमन्त्रीशाहले राजधानी सार्ने जस्तो आशयव्यक्तगर्दा उनीहरु थपआक्रोशित छन् ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेकाअत्तरियाकाव्यवसायीअशोक देवकोटाले भने– ‘गोदावरीलाई स्थायी राजधानीबनाउने सरकारी निर्णयबाट स्थानीयनिक्कै हौसिएकाथिए तर, कार्यान्वयनमानजाँदै फेरी सार्ने चर्चा हुनु उपयूक्तहोइन् । अहिलेसम्म यस ठाउँमा राजधानीको कुनै प्रक्रिया अगाडि बढेको थिएन् । थप सार्ने चर्चा बढेको छ ।’ 

उनले गोदावरीमाराजधानीगोदावरीमातोकिएपछि यहाँउद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय बढ्ने आशालिएकाउनीहरु सार्ने चर्चाले निराशा बढाएको बताए ।