धनगढीको एक होटलमा युवक मृत अवस्थामा फेला

धनगढीको एक होटलमा युवक मृत अवस्थामा फेला

धनगढी : धनगढी उपमहानगरपालीका–५ निवासी २१ वर्षिय आर्दश भट्ट धनगढीको एउटा होटल भित्र मृत अवस्थामा फेला परेका छन् । उनको शव नग्न अवस्थामा धनगढीे बसपार्क स्थित श्रीपाल होटेलमा फेला परेको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक वकिल वहादुर सिंहले बताए ।

जेठ १० गते देखि मृतक भट्ट सहित उनका चार जना साथिहरु होटेलमै बसिरहेको र आज वाहीर वाट ढोका वन्द गरेको अवस्थामा उनको शव भेटिएको सिंहले बताए । उनिसंगै होटेलमा बसेका धनगढी ४ का ३५ वर्षिय एसपाल मल्ल र २६ वर्षिय प्रकाश चौधरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य एकजना फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । लागु औषधको ओभरडोजका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।