रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा

रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा

कञ्चनपुर। रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष बुधवार रिहा भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी बुधबार रिहा भएका हुन्।

वडा अध्ययक्ष चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिसर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका थिए। वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले आईतबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषसर भित्र रहेका रुख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी बिरुद्धमा उजुरी गरेपछि चौधरीलाई पक्राउ गरिएको थियो।