टी–२० क्रिकेटः कुशल मल्लले राखे विश्व कीर्तिमान, ३४ बलमै शतक प्रहार

टी–२० क्रिकेटः कुशल मल्लले राखे विश्व कीर्तिमान, ३४ बलमै शतक प्रहार

काठमाडौं । ब्याटर कुशल मल्लले टी–२० क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन्। 

मल्लले १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्। उनले ४३ बलमा छक्का र चौकासहित १ सय १६ रनमा क्रिजमा छन्।

यसअघि टी–२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।

नेपालबाट २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए।

टी–२० र कुनै पनि खेलमा सर्वाधिक छिटो शतक क्रिस गेलको नाममा छ। गेलले २०१३ को आइपिएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक हानेका थिए।

२०१८ मा भारतीय ब्याटर ऋषभ पन्तले दिल्लीबाट हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक हानेका थिए। उता ओडीआईमा भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममा ३१ बलमा शतकको कीर्तिमान छ।