नेपाल खो- खो सघंको अध्यक्षमा महर्जन, सुदूरपश्चिमको उपाध्यक्षमा बोहरा

नेपाल खो- खो सघंको अध्यक्षमा महर्जन, सुदूरपश्चिमको उपाध्यक्षमा बोहरा

धनगढी । नेपाल खो -खो सघंको काठमाडौँमा भएको प्रथम अधिवेशन बाट प्रदीप महर्जन को अध्यक्षतामा ३३ सदस्य कार्यसमिति चयन गरिएको छ।

बागमती प्रदेश उपाध्यक्ष राजेश शाक्य, गण्डकी प्रदेश उपाध्यक्ष चित्र बहादुर थापा, मधेस प्रदेश उपाध्यक्ष धिरेन्द्र कुमार यादव , लुम्बिनी प्रदेश उपाध्यक्ष तुला बहादुर थापा ,कोशी प्रदेश उपाध्यक्ष बिदुलाल चौधरी र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष डा कृष्ण बहादुर बोहरा रहेको कार्यसमितिमा उपाध्यक्ष छत्र बहादुर शाही, महासचिव शकंर महर्जन डङ्गोल, सचिव जबाहिर अन्सारी , सह सचिव दिलमाया गुरुङ , कोषाध्यक्ष कृष्ण पनेरु ,सह कोषाध्यक्ष सुरेश रिजाल सदस्यहरूमा रोहित दुवाडी ,जय प्रकाश राजबशी ,उषा कुवर मगर ,लाल बाबू राय लगायत ३३ सदस्यीय कार्य समिति चयन गरिएको छ।

नेपाली खेल जगतमा सबैको आ-आफ्नो महत्त्व रहेको हुन्छ पछिल्लो समयमा नेपाल खो -खो सघंले आफ्ना विभिन्न गतिविधि बाट सस्थालाइ चलायमान बनाउँदै विभिन्न खेलहरूमा सहभागी भईरहेको छ ।