साफ च्याम्पियनसिप फुटबलः नेपालले आज माल्दिभ्ससँग खेल्दै

साफ च्याम्पियनसिप फुटबलः नेपालले आज माल्दिभ्ससँग खेल्दै

काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । खेल अहिले दिउँसो साढे १ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा सुरु हुँदै छ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अङ्कविहीन अवस्थामा छ । पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै दुई खेलबाट ४ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

पाकिस्तान समूह एु को शीर्ष स्थानमा छ । एक अङ्क जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । आज नेपाल विजयी भए सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

समूह ुएु मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् ।