आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने भएको छ । असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएर समाधान खोज्न खोजेको हो ।

बिहीबार बिहान र साँझ भएको वार्ता असफल भए पछि आज पनि वार्ता हुन लागेको हो । सो वार्ता आज बिहान हुने जनाईएको छ। सरकार र शिक्षक संगठनका बिचमा पटक पटक वार्ता भए पनि निष्कर्षविहीन हुँदै आएको छ ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बिचमा वार्ता भएको थियो ।