धनगढी : आफ्नै अंगरक्षक महिला प्रहरीलाई म्यासेञ्जरबाट यौन प्रस्ताव राख्ने स्वकिय सचिवलाई सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले आइतबारदेखि पदबाट हटाउनुभएको छ ।
उप सभामुख जोशीका स्वकीय सचिव हरिश भट्टले उहाँकै अंगरक्षक महिला प्रहरीसित यौन प्रस्ताव गरी मानसिक यातना दिएको भन्दै सञ्चार माध्यममा उनले गरेको कुराकानी सहितको म्यासेञ्जर संवाद बाहिररिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाउनुभएको हो ।
उपसभामुख जोशी निकट स्रोतका अनुसार नेकपाका सुदूरपश्चिम प्रदेश सह इञ्चार्ज समेत रहुनभएका उपसभामुख जोशीका श्रीमान लक्ष्मण दत्त जोशी सहितका नेकपाका नेताहरुको सल्लाहमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको हो ।
स्वकीय सचिव भट्टको यौन प्रस्ताव सहितको यातनापूर्ण ब्यवहारका कारण उपसभामुख जोशीका अंगरक्षकहरु हरेक दुई महिनामा फेरिने गरेको समाचार सार्वजनकि भएको थियो ।