संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई रामारोशन गाउँपालिकाको पत्र

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई रामारोशन गाउँपालिकाको पत्र

धनगढी ।  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई रामारोशन गाउँपालिकाले पत्र पठाएको छ । केही दिन अघि विभिन्न देशका २ हजारभन्दा बढी पर्यटक रामारोशन घुम्न आएको र उनीहरुलाईरोकिएको विषयमा रामारोशन गाउँपालिले नागरिक उड्यन मन्त्रालयलाई पत्र पठाएको छ । 

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदको अध्यक्षतमा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि, कार्यपालिका सदस्य, रामारोशन क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समिति तथा स्थानीय सरोकावालहरुसंग बसेको बैठकले वातावरणमा प्रतिकुल असर नपरेको जनाएको छ । बैठकले उनीहरू यहाँ बस्दा विभिन्न स्थानीय ब्याक्तिहरुसंग सामान खरिद गरेको, सामाजिक रूपमा समेत प्रतिकुल असर नपर्ने गरी बस्दै आएको, पर्यटन भिजा समेत रहेको उल्लेख गरेको छ । 

“रामारोशन क्षेत्रको विकाशमा र प्रवर्द्धनमा टेवा पुग्ने हुँदा 'वर्ल्ड रेन्वो फेमीलि' नामक समुुहलाई यस क्षेत्रमा सप्टेम्वर १५ देखि वक्टोवर १५ सम्म जमघट समुुहलाई अनुमति प्रदान गर्न हुन अनुरोध गर्ने निर्णय भएकाले वर्ल्ड रेन्वो फेमीलि नामक समूहको जमघट कार्यक्रमका लागि अनुमति प्रदान गर्न हुन अनुरोध गरिन्छ ।”

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदका अनुसार भारत, अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्यान्ड, जापानसहित २५ देशका पर्यटक यहाँ पुगेका छन् । एकै पटक धेरै देशका पर्यटक रामारोशन आउनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक रहेको उनी बताउँछन् ।

यसअघि रामारोशन क्षेत्रमा विदेशी पर्यटकको रूपमा कोही नआएकाले स्थानीय तहका लागि पनि नयाँ अभ्यास गर्ने मौका भएको उनले बताए । 

रामारोशन जाने छुट्टै अनुमति नलिएको थाहा पाएपछि उनीहरूलाई यथास्थितिमा रोकिएको थियो । अछामका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष पाठकका अनुसार रामारोशन क्षेत्रमा ३९, बेलखेत, चौखुट्टे र जयगढमा २२ जना विदेशी पर्यटक टेन्ट राखेर बसेका छन् । विदेशीहरू अछाम आउने क्रम जारी छ । उनीहरूले नै विश्वका धेरै देशबाट थप पर्यटक पनि आउँदै गरेको बताएका छन् । 

हेर्नुहोस् पत्र:

No description available.