कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–२ का २५ वर्षीय कञ्चन चौधरी पक्राउ परेका हुन्। ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा चौधरीलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

चौधरीले भदौ २० गते राती ति महिलाको घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।