अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जना पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन्।

बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।

पक्राउ पर्नेहरुमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।