कृष्णपुरकी कृषक देउवा सम्मानित

कृष्णपुरकी कृषक देउवा सम्मानित

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ की कृषक टिका देवी देउवा सम्मानित भएकी छन । उनलाई स्वर्गिय डाक्टर हरिहर देव पन्तको स्मृतिका अवसरमा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले सम्मानित गरेको हो ।

बिहिबार एक कार्यक्रमका बिच देउवालाई कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले सम्मानित गरेकी थिईन । कार्यक्रममा बोल्दै उपप्रमुख रानाले लघुवित्तहरुले महिलाहरुलाई आर्थिक रुपमा माथि उकास्न मद्दत गरेको बताईन । आफुले पनि निर्धनकै कारण आफ्ना छोराछोरीहरुलाई पढाउन पाइरहेको बताउदै उनले हरेक उद्यमी महिलाहरुको सारथी लघुवित्तहरु रहेको बताईन ।

उनले संस्थामा आवद्ध सदस्यहरुको सहयोगले नै संस्था माथी उठ्ने भएकाले संस्थाको हितमा सदस्यहरुको महत्वपुर्ण हात रहने बताईन । ‘सदस्यहरुले आफुले लिएको ऋणको सही सदुपयोग गरे संस्था र आफु दुवैलाई फाईदा हुन्छ, तर त्यसको गलत प्रयोग गरे त्यसले ऋणीलाई मात्रै नभई संस्थालाई पनि डुबाउछ’ उनले भनिन् ‘तसर्थ संस्थाको हितका लागि आफुले लिएको ऋणको सही सदुपयोग गर्नुहोला ।’ उनले निर्धनले महिला कृषकलाई सम्मानि गर्दा अन्य महिलाहरुलाई पनि उद्यमी बन्ने उत्प्रेरणा मिलेको बताईन ।

संस्थाद्धारा सञ्चालित स्व। डाक्टर हरिहर देव पन्त फाउन्डेसन मार्फत उनलाई सम्मानित गरिएको संस्थाका सुदूरपश्चिम क्षेत्रिय प्रबन्धक गोकर्ण प्रसाद उपाध्यायले बताए ।