नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा खेती

नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा खेती

काठमाडौं । नेपालमा कृषियोग्य जमिन घटेको छ। तर कृषिमा आश्रित जनसंख्या भने बढेको पाइएको छ। सातौं कृषि गणना २०७८ को तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हो।

नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुन्छ। ०६८ सालको तुलनामा कृषियोग्य जमिन ३ लाख ८ हजार हेक्टरले घटेको देखिएको छ। अघिल्लो कृषि गणनाको तथ्याङ्कअनुसार २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती हुन्थ्यो। 

खेती हुने जमिन घटेपनि कृषिमा आस्रित हुने परिवारको संख्या भने बढेको छ। नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवारको संख्या ३ लाखले वृद्धि भएको छ। 

नयाँ तथ्याङ्कअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन्। ०६८ को तथ्याङ्कमा कृषिमा आबद्ध परिवारको संख्या ३८ लाख ३१ हजार थियो।