आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।