किशोरी करणीको आरोपमा ७० बर्षिय बृद्ध प्रहरी नियन्त्रणमा

किशोरी करणीको आरोपमा ७० बर्षिय बृद्ध प्रहरी नियन्त्रणमा

धनगढी : सुस्त मनस्थिति अपाङ्ग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा  १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राती कैलाली गौरीगँगा नगरपालिका वडा न ५ अण्डैयामा २० बर्ष की बोल्न नसक्ने, सुस्त मनस्थिति, अपाङ्ग किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै ७० को रामलाल बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पिडितकै घर नजिक रहेको बाटो छेउमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले बिकलाई पक्राउ गरेको जनाएको छ । बिकलाई जबरजस्ती करणी मुद्दामा कैलाली जिल्ला अदालत धनगढीवाट म्यादथप गरि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नयब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।