भगवान् श्रीकृष्ण: धर्म, स्वधर्म, कर्म, प्रेम र समय

भगवान् श्रीकृष्ण: धर्म, स्वधर्म, कर्म, प्रेम र समय

भगवान श्रीकृष्णलाई कसरी चिन्ने रु कसरी सम्झने रु कृष्ण धर्म र स्वधर्मका ब्याख्याता, गाउँले गोठालादेखि दरबारका राजासम्मको मनमा बस्न सक्ने सरल र सहज ब्यक्तित्व, बौद्धिकताले भरिपूर्ण, तार्किक, रणनैतिक, गीत गाउने, मुरली बजाउने, गीत-संगीतका शौखिन, हजारौँ महिलाका मिल्ने साथी, राधाका प्रेमी । कृष्ण धेरैका लागि एउटा आशा, राधाका लागि मेरो प्रेमी सधै मसँगै छ भन्ने एउटा आभाष, कृष्ण एउटा लीला, नाच्ने, गाउने, हाँस्ने, हसाउने, गम्भीरतादेखि रमाइलोसम्म एउटा पूर्ण मान्छे, कृष्ण निरन्तर चलिरहने समय ।

द्वापर युगमा भगवान श्रीकृष्णको जन्म धर्म स्थापनाका लागि भएको थियो भन्ने छ । प्राणी जगतमा जसले जे गरिरहेको छ त्यो इमान्दारीपूर्वक गर्नु धर्म हो । आफ्नो कर्तब्य निर्वाह गर्नु धर्म हो । आफूले आफैलाई नियममा बाँध्नु स्वधर्म हो । ‘स्व’को अर्थ आफू र धर्मको अर्थ नियम, कानून, न्याय, कर्तब्य । महाभारतमा कृष्णले अर्जुनलाई धर्म र स्वधर्मका बारेमा लामो समय लिएर ब्याख्या गर्नुभएको छ । आफ्ना प्रश्नहरूको जवाफ आफै खोज्नुपर्छ, अरुले खोजीदिएर हँुदैन भनिएको छ । राम्रो या खराव दुवै सोच र कर्मको भागीदार पनि तिमी नै हौ भन्ने उहाँका सबै सम्वादहरू मनन मात्र नभइ ब्यवहारमा लागु गर्न योग्य छन् । आफ्नो स्वार्थका लागि अरुलाई दुख दिनु अधर्म हो । मानिसमा करुणा र सत्य नष्ट हुनु धर्म नष्ट हुनु हो ।

''आध्यात्मको सम्बन्ध अनुभवसँग छ । कसैले भगवान् छ भन्छन्, कसैले छैन भन्छन्, जसले जे भनेपनि आफूलाई अनुभव नभएको, आफूले नदेखेको कुरामा सदियौँदेखि बहस जारी छ । तर अध्यात्म अनुभव गर्न सकिने कुरा हो । ध्यानका क्रममा या ध्यानपछि मानिसको दिमागले पाउने शान्ति संसारमा कुनैपनि मूल्य खर्च गरेर प्राप्त गर्न सकिँदैन । आफूभित्रको चेतन तत्वलाई जगाउनु आध्यात्म हो ।''

‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्, परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्, धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे‘’ श्रीमद् भागवत गीताको चौथो अध्यायमा उल्लेखित यस बाक्यको नेपालीमा अर्थ हुन्छ( ‘जब–जब यो धर्तीमा धर्मको नाश हुन्छ, अधर्मको वृद्धि हुन्छ, साधुलाई सुरक्षित राख्न, दुष्कर्मीलाई नाश गर्न, धर्मको स्थापना गर्न म युग(युगमा आउँछु ।’ ‘साधुलाई सुरक्षित राख्न’ भन्नुको अर्थ सज्जन र राम्रो आत्मा भएका मानिसहरूलाई सुरक्षित राख्न भन्ने हो न कि जोगी बाबाहरूलाई । राम्रो आत्मा भएका जोगी बाबाहरू स्वतः यसमा पर्छन्, तर स्वार्थका लागि स्वरुप बदलेका रहेछन् भने उनीहरू साधुको परिभाषामा पर्दैनन् । यदि कसैको मन र आत्मा राम्रो छ, परोपकारी र अरुलाई कुनैपनि प्रकारको जोखिम नपुऱ्याउने छन् भने भेषभुषा या बाहिरी आवरण कस्तो छ भन्ने कुराले फरक पार्दैन । मानिस कस्तो छ भन्ने कुरा उसको बोलीचाली र ब्यवहारले तय गर्ने कुरा हो ।

भगवान श्रीकृष्णले दिनुभएको अनुशरण गर्नै पर्ने ज्ञान कर्म अर्थात् काम हो । कुनैपनि परिस्थितिमा कर्मबाट विमुख नहोउ, कर्म गर, परिणाम जे आएपनि कर्म गर्न नछोड भनेर गीतामा उहाँले पटक-पटक भन्नुभएको छ । महाभारत युद्धमा कृष्णले अर्जुनलाई भन्नुभएको छ- ‘हामीले गर्ने राम्रो/नराम्रो सबै काम कर्म हो । हरेक कर्मको प्रतिफल हुन्छ । राम्रो कामको प्रतिफल राम्रै हुन्छ र नराम्रो कामको प्रतिफल नराम्रै हुन्छ । हामीले गरेको कर्मको फल अर्थात् कामको परिणाम नै प्रारब्ध हो । आफैले गरेको कामको प्रतिफल भएका कारण प्रारब्ध टर्दैन । मानिसले आफ्नो कर्मको फल भोग्नैपर्छ । श्रीमद् भागवत गीताको तेश्रो अध्यायमा श्रृङ्खलाबद्ध रूपमा कर्मको कुरा उल्लेख छ । कर्म गर्नु प्राकृतिक गुण हो, प्रकृतिले नै सबै प्राणीलाई कुनै न कुनै कर्मका लागि तय गरेको छ भनी गीतामा भनिएको । गीतामा भनिएको छ- ‘जसले कर्मेन्द्रीयलाई रोकेर इन्द्रीयको भोग्य बस्तु मनले चिन्तन गरिरहन्छ त्यो ब्यभिचारी र दम्भी हो । जसले मनले इन्द्रीयलाई रोकी अनाशक्त हुँदै कर्मेन्द्रीय द्वारा कर्मयोगको आचरण गर्छ उ श्रेष्ठ हो ।’ परिणाम सधै राम्रो नआउन सक्छ तर आफ्नो काम गरिराख, कर्म गर्नबाट आफूलाई अलग नगर भन्ने गीताको सन्देश निकै महत्वपूर्ण छ ।

श्रीमद् भागवत गीता समयको कुरा उल्लेख भएको अहिलेसम्मकै उत्कृष्ट दस्तावेज मानिन्छ । जसमा समयलाई विभिन्न पक्षबाट विश्लेषण गरिएको छ । संभवामी युगे युगे भनेर कृष्णले हरेक युगमा म हुन्छु भन्नुभएको छ । गीतामा कृष्णले म नै सर्वोपरि हुँ भनेको कुरालाई लिएर कतिपय आलोचकहरूले हिन्दु धर्मका देवताले आफूबाहेक अरु कोही छैन भन्छन्, धर्ममा मपाईं मात्रै हुन्छ रु भनेर आलोचना गरेको पनि पाइन्छ तर कृष्णको ‘म’को अर्थ मपाईं नभइ समय हो भनेर बुझ्नुपर्ने हुन्छ । यदा यदा ही धर्मस्यदेखि संभवामी युगे युगे सम्मको श्लोकले जब-जब अन्याय हुन्छ त्याहाँ म हुन्छु भनेको छ । श्रीकृष्णको संवादमा सही समयको प्रतीक्षा गरेर समय बिताउने नभइ समयलाई सही बनाउनेतर्फ काम गर्नु बुद्धिमतापूर्ण हुन्छ भनिएको छ ।

''प्रेमलाई जोगाइराख्न एकार्काप्रतिको विश्वास आवश्यक हुन्छ । राधा र कृष्ण दुवै प्रेम र विश्वासका प्रतीक हुन् । विवाह नभएपनि राधा र कृष्णको प्रेम, समर्पण र सम्मानमा कहिल्यै कमी आएन । प्रेमको संसारमा राधालाई अनन्त पर्खाइको रूपमा लिन सकिन्छ । कृष्ण एउटा बहुआयामिक ब्यक्तित्व जसको प्रभाव द्वापर युगदेखि अहिलेसम्म कायम छ ।''

यसैगरी आध्यात्मको कुरा पनि भगवान श्रीकृष्णले स्पष्ट उल्लेख गर्नुभएको छ । गीतामा भित्री आत्मा चिन्नु आध्यात्म हो भनिएको छ । वास्तवमा आध्यात्मको सम्बन्ध अनुभवसँग छ । कसैले भगवान् छ भन्छन्, कसैले छैन भन्छन्, जसले जे भनेपनि आफूलाई अनुभव नभएको, आफूले नदेखेको कुरामा सदियौँदेखि बहस जारी छ । तर अध्यात्म अनुभव गर्न सकिने कुरा हो । ध्यानका क्रममा या ध्यानपछि मानिसको दिमागले पाउने शान्ति संसारमा कुनैपनि मूल्य खर्च गरेर प्राप्त गर्न सकिँदैन । आफूभित्रको चेतन तत्वलाई जगाउनु आध्यात्म हो । जुन कुरामा धेरै मानिसलाई चासो नै छैन । पूजा पाठ गर्नु र चिन्तन-मनन गर्नु फरक कुरा हो । आध्यात्म आफूले आफैलाई चिन्ने प्रक्रिया हो । यसलाई स्वयंको अध्ययन पनि भन्न सकिन्छ । को आस्तिक, को नास्तिक भनी बहस गरेपनि वास्तविक धर्मको अर्थ आस्तिक या नास्तिक हुनुसँग खासै जोडिएको हुँदैन । शास्त्र नमान्दा खासै फरक पर्दैन, पूजा नगर्दा पनि केही हुँदैन तर धर्म नमान्दा मान्छे अधर्मी हुन्छ । अधर्मी हुनु भनेको अन्यायी हुनु हो, न्यायिक नहुनु हो ।

प्रेमको बारेमा भगवान् कृष्णको दर्शन आम बुझाइ भन्दा फरक छ । उहाँका अनुसार, प्रेमको अर्थ कसैलाई पाउनु नभइ उसमा समाहित हुनु हो र प्रेममा त्याग आवश्यक हुन्छ । कसैलाई जबर्जस्ती गर्नु या इच्छाविपरीत काम गर्नु प्रेम होइन र धेरै लगाव पनि सही होइन । कृष्णको आफ्नै जीवनमा पनि राधासँगको प्रेमलाई विशेष मानिन्छ । राधा र कृष्णको भेट आफूहरू हुर्कंदै गर्दा गाउँमै भयो, प्रेम भयो तर विवाह भएन । वास्तविक जीवनमा सँगै बस्न नपाएपनि भगवानको रूपमा राधा र कृष्णको जोडीलाई एकसाथ राखेर पूजा गर्ने गरिएको छ । कृष्णले राधालाई आफ्नो जीवनको हरेक मोडमा महत्व दिनु भएका अनेक कथाहरू छन् । कृष्णले महत्व दिएकै कारण कृष्णभन्दा अगाडि राधाको नाम उच्चारण गरिन्छ, कृष्ण राधा नभनी राधा कृष्ण भनिन्छ । प्रेमलाई जोगाइराख्न एकार्काप्रतिको विश्वास आवश्यक हुन्छ । राधा र कृष्ण दुवै प्रेम र विश्वासका प्रतीक हुन् । विवाह नभएपनि राधा र कृष्णको प्रेम, समर्पण र सम्मानमा कहिल्यै कमी आएन । प्रेमको संसारमा राधालाई अनन्त पर्खाइको रूपमा लिन सकिन्छ । कृष्ण एउटा बहुआयामिक ब्यक्तित्व जसको प्रभाव द्वापर युगदेखि अहिलेसम्म कायम छ । घट्ना बिचार