आज मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान

आज मौसम कस्तो रहनेछ ? यस्तो छ पूर्वानुमान

धनगढी । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ ।

साथै बंगालको खाडीको उत्त–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यी दुई प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशको पहाडी भू–भागका केही  स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।