सुनको भाउ एक सय रुपैयाँले बढ्यो

सुनको भाउ एक सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज सामान्य बढेको छ ।  सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको हो । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ । यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।