सरकार सधैं लाचार

सरकार सधैं लाचार

पछिल्लो केही समययता महँगी ह्वात्तै बढेको छ। हरेक सामानको मूल्यवृद्धि भएको छ। सर्वसाधारणलाई बिहान(बेलुका चुल्हो बाल्न पनि धौधौ परेको छ। यस्ता जटिल अवस्थामा घरधनीहरूले कोठाबहाल बढाउँदा सर्वसाधारण मर्कामा परेका छन्। कोठाभाडालाई लिएर अहिले अधिकांश गुनासो गरिरहेको भेटिन्छन्। एउटै कोठामा दुई हजार रुपैयाँसम्म बढाइएको छ। 

त्यस्तै, १० हजार रुपैयाँ भाडामा लिएर फ्ल्याटमा बसेकाहरू पनि समस्यामा परेका छन्। एकैचोटी दुईदेखि तीन हजार रुपैयाँसम्म बढाइएको छ। अहिले बजारमा व्यापक आर्थिक मन्दी छ। पसलेहरूलाई आम्दानी नभएको चिन्ताले पिरोलिरहेको बेला घरधनीहरू भाडा बढाउनतिर लागिपरेका छन्। एकातिर दिनभर पसलमा आएर झिँगा धपाउनुबाहेक काम छैन, अर्कोतिर घरधनी भाडा बढाउँछन्। 

विगतदेखि नै बहालमा बस्नेहरूमाथि घरधनीले हेपाहा प्रवृत्ति देखाउँदै आएका छन्। भाडा लिन्छन् तर सेवासुविधा केही छैन। फोहोर, बत्ती, पानीको तिर्नुपर्नेभन्दा दोब्बर तिरिएको हुन्छ। विडम्बना, कतिपयले कोठाबहालमा बसेदेखि आजसम्म धाराबाट पानी चुहिएको देखेका छैनन् होला। किनेरै प्रयोग गर्नुपर्ने बाध्यता छ। फोहोरको पैसा पनि सबै बहालवालासँग उठाउँछन् घरधनी। 

सेवासुविधा दिनेतिर घरधनीको चासो हुँदैन, भाडा बढाउनतिर मात्र हुन्छ। कोठाबहालमा बस्नेका निम्ति नीतिकानुन नहुँदा उनीहरू मर्कामा पर्दै आएका छन्। घरधनीले मनलागेको बेलामा भाडा बढाउने, कोठाबाट निकाल्नेलगायतका अमानवीय काम गर्छन्। तर, आफूले सेवासुविधा दिएको छु कि छैन्रु यो चाहिँ मतलब छैन। कोठाबहालमा बस्नेहरूलाई धेरै समस्यामा छ। तर, कसले देख्नेरु 

लुगा सुकाउने ठाउँ नै हुँदैन। कुचुक्क परेको ठाउँमा घर बनाएको हुन्छ। न लुगा सुकाउने ठाँउ हुन्छ न बालबालिका, वृद्धवृद्धा घाम ताप्ने। छतमा त जानै दिइँदैन। महिना सकिनुअगावै भाडा माग्न आउने धरधनीहरू पैसा लिन्छन्, बिल दिँदैनन्। सरकारले पैसा तिरेपछि बिल लिनु भन्छ तर, दिनुपर्नेले दिँदैनन्। बिरामी, एकल महिला, विद्यार्थी, मजदुरी गरेर खाने, बालबच्चा भएकाहरूलाई कोठा पाउन महाभारत छ। 

सरकारी जागिरे, व्यापारीबाहेक अरुलाई त कोठा दिनै मान्दैनन्, घरधनी। तर, यहाँ सरकारी जागिरेभन्दा मजदुरी गरेर खाने धेरै छन्। सानो परिवार घरधनीको ‘क्राइटेरिया’ भित्र पर्छ। बालबच्चा भएकाले त कोठा नै पाउँदैनन्। कोठाबहालमा बस्नेले सामान पनि ल्याएको हुँदैन, तीन महिनाको अग्रिम भाडा बुझाउनुपर्छ। मागेजति भाडा तिर्ने सहमति नजनाएसम्म बहालमा दिइँदैन। 

बरु, खाली खाने चल्ती छ हामीकहाँ। घरधनीले बोल्यो कि सकियो। उनीहरूले जिब्रोले जति भन्छ, त्यति भाडा तिर्नैपर्छ। नत्र कोठा पाउने आश नगर्दासमेत हुन्छ। एउटा चिसो, अध्याँरो, खाट नअट्ने कोठाको लागि यत्रो पापड पेल्नुपर्छ। महँगो भाडा तिरेर दिनभर बत्ती बाल्नुपर्ने कोठा पाइन्छ। कोठाबहालमा बस्नेलाई घरधनीले हेप्न पाउनुको कारण सरकार हो। सरकार शहर केन्द्रित हुँदा यो अवस्था सिर्जना भएको छ। 

काठमाडौं उपत्यका र जिल्लाका सदरमुकाममा मात्रै विकास भएको छ। गाउँगाउँमा त आज पनि बत्ती पुगेको छैन्। कतिपय जिल्लामा बाटो पुगेको छैन्। अस्पताल, स्कुल छैन्। अनि गाउँमा बसेर के गर्ने रु बिरामी मर्नै आँटिसकेको हुन्छ, अस्पताल ल्याउनै एकदिनको लाग्छ। स्कुल जान घण्टौं हिँड्नुपर्छ। सानो काम गर्न पनि सदरमुकाम आइपुग्नुपर्ने बाध्यता छ।

‘गाउँगाउँमा सिंहदरबार’ भनेर सरकारले ठूल्ठूला नारा लगायो। गाउँमा कुनै सरकारी कार्यालय नै छैन, के–को सिंहदरबाररु गाउँगाउँमा सरकारी कार्यालय पुर्‍याए पो विकास हुन्छ। कार्यालय सबै सदरमुकाममा छ। गाउँका जनता त अझै पनि काम लिएर घण्टौंको बाटो हिँड्नुपर्छ। सरकारले गाउँमा बस्नेलाई जनता नसोच्दा बहालमा बस्नेको संख्या बढेको हो। 

पढ्नका लागि काठमाडौं वा जिल्लाको सदरमुकाम आउँछन्, विद्यार्थीहरू। त्यहाँ कोठा लिएरै बस्नुपर्‍यो। उपचारका लागि टाढाटाढाबाट राजधानी आएर कोठा लिएर बसेका छन्। राजधानी गएर मजदुरी गरेर खान्छु भनेर गाउँ छोडेकाहरू पनि कोठा बहालमा लिएर गुजारा गरिरहेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारलगायतका सेवासुविधा यही छ। त्यही भएर पनि काठमाडौं उपत्यका र जिल्लाका सदरमुकाममा कोठा पाउनमै मुश्किल हुन्छ। 

सरकारले गरेको भेदभावको बयान गरिसाध्य छैन। काठमाडौं उपत्यकामा बस्नेलाई कति सुविधा छ। ढोकैसम्म सरकारले पिच गरिदिएको छ। घरबाट निस्किनेबित्तिकै गाडी लागिहाल्छ। गाउँमा त सरकारले एउटा झोलुङ्गे पुलसमेत बनाउन सकेको छैन्। तुइनबाट खोला तर्नुपर्ने बाध्यता छ। पुलसमेत नभएको ठाउँमा को बस्छ भन्छन्, झोलाझाम्टा बोकेर राजधानी आउँछन्। 

अहिले गाउँ रित्तिनुको कारण यही त हो। श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा, श्रीमती बालबच्चा बोकेर राजधानीमा। विदेश नगएका पनि काठमाडौं आएर बसेका छन्। सबै कोठाबहालमा बस्ने भए, अनि घरबेटीले जति नै हेपे पनि सहनैपर्‍यो। चुइक्क आवाज निकाल्यो कि कोठा सरेर जा भनिहाल्छन्। फेरि कोठा खोज, सामान सार कम्ता दुःख छैन। महिनैपिच्छे भाडा बढाए पनि तिर्नुपरेको छ। 

जनसंख्याको ८० प्रतिशत भाडामा बस्छन्। भाडामा बस्नेमा राजनीतिक दलदेखि लिएर सरकारी कर्मचारी, व्यापारी, बुद्धिजीवी, शिक्षक, पत्रकारलगायत सबै छन्। उनीहरूलाई घरधनीको आनीबानी राम्रोसँग थाहा हुन्छ। तर, आवाज उठाउन चाँहदैनन्रु भाडामा बस्नेका लागि सरकारले कुनै कानुन बनाएकै छैन। घरधनी मात्र जनता हुन् जस्तो गरिरहेको छ सरकार। 

यहाँ नभए गाउँमा त आफ्नो घर छ, खेतबारी छ। तर, घरधनीले सुकुम्बासीजस्तो व्यवहार गर्छन्। सित्तैमा राखेजस्तो गर्छन्। कोठाबहाल, फल्याट र सटरको भाडा तोक्नुपर्ने जिम्मा त सरकारको हो। कुन घर बस्नका लागि प्रयोग गर्नेरु कुन व्यापारिक प्रयोजन र कार्यालयका लागिरु सरकारले अहिलेसम्म वर्गीकरण गरिदिएको छैन। तल्लो फ्ल्याट कोठामा बस्नेलाई दिइएको हुन्छ, माथिल्लो फल्याटमा अफिस सञ्चालन गरिएको हुन्छ। 

निजी सम्पत्ति भनेर सरकारले छाडा छोडेको अवस्था छ। कोठाबहालमा बस्नेले भाडा तिरेका छन्। तर, घरधनीले घरबहाल कर तिरेका छन् तरु घरबहाल कर छल्ने कार्यले व्यापकता पाएको छ। सबै कोठा भाडामा लगाइएको हुन्छ तर घर खाली छ भनेर कर नै तिर्दैनन्। एउटा घर भाडामा लगाएर घरधनीले ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म कमाउँछन्। 

तर, राज्यलाई कर तिर्दैनन्। राज्य हिजो पनि चिल्लै थियो, आज पनि चिल्लै छ। घरधनीले यसरी भाडा बढाएको बढ्यै गर्छन्, कहाँबाट ल्याएर तिर्ने रु वर्षौंदेखि उति नै तलबमा काम गर्नेहरू यहाँ छन्। सरकार न्यूनतम तलब तोक्छ तर, रोजगारदाताले दिन मान्दैनन्। अहिले पनि पाँचदेखि १० हजारमा महिनाभरि काम गर्नेहरू छन्। सरकार ‘एक्सन’ मा उत्रिन नसक्ने अनि गरिब जनताचाँहि सडकमा सुत्ने रु 

कोठा भाडा तिर्न नसकेपछि अन्तिम विकल्प त्यही नै रह्यो। महँगीले जनताको ढाड सेकिएको छ, सरकारलाई मतलब छैन। बिहानबेलुका छाक टार्न मुश्किल भइरहेको बेलामा कोठाभाडा बढाइन्छ। आम्दानी भए त ठिकै थियो, कामधन्दा छैन। तैपनि घरधनीले बुझ पचाएका छन्। बेरोजगारी दिनहुँ बढिरहेको छ। महिनौंदेखि तलब नपाएको गुनासो अहिले व्यापक माग्छ। 

अब त गुजारा गर्न नै सास्ती भइसकेको छ। जहाँ पनि पैसाकै कुरा आउँछ तर, दिनेले नै दिँदैनन् के गर्नुरु काम गरेको ठाउँमा तलब माग्यो, साहु आज र भोलि भन्छन्। कामदारहरूको समस्या कसले बुझिदिनेरु जनतालाई सरकार छ भन्ने महसुश हुन सकेन्। सरकार लाचार हुँदाको परिणाम निमुखाहरूले भोगिरहेका छन्। ‘ठूलालाई चैन, सानालाई ऐन’ प्रवृत्ति रोकियोस्। (अनुसा थापा, नेपाल लाईभ)