बैतडीमा पनि शुरु भयो माओवादीको ‘बिशेष रुपान्तरण अभियान’

बैतडीमा पनि शुरु भयो माओवादीको ‘बिशेष रुपान्तरण अभियान’

बैतडी । नेकपा माओवादी केन्द्रको ‘बिशेष रुपान्तरण अभियान’बैतडीमा पनि शुरु भएको छ । देशका ७५३ ओटै स्थानीय तहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले भर्चुल माध्यमबाट अभियानको उद्दघाटन गरेसंगै बैतडीमा पनि अभियान शुरु भएको नेकपा माओवादी केन्द्रका पाटन नगर कमिटि अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । 

वडा तहदेखि संगठन सुदृढीकरण र विस्तारका लागि अभियान शुरु भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक (पुकार)ले बताए । बैतडीको ८४ ओटै वडामा अभियानको शुरुवात भएको उनले बताए । तीन महिना सम्म सञ्चालन हुने अभियानका क्रममा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वार्ड कमिटि गठन र पुनगर्ठन र जनवर्गाीय संगठनहरुलाई सक्रिय बनाउने निर्णय भएको पाटन नगर कमिटि अध्यक्ष ठगुन्नाले बताए । 

यस्तै अभियानको दौरानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियान्ताहरुसंग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेको कामलाई सफल बनाउनका लागि छलफल गर्ने, अनियमितता, भ्रष्टाचारका घटनाहरुको खोजी गरी कानुनी दायरमा ल्याउने, विकास निर्माणका कामहरुका लागि पहल गरिने माओवादी केन्द्रले जनाएको छ ।

अभियानका सिलसिलमा सामाजिक संघसंस्था र सहकारीहरुलाई प्रवद्र्धनका लागि पहल गर्ने र पार्टी नेतृत्वको कार्यशैली उपर जनताका गुनासाहरु संकलन समेत गरिने केन्द्रीय सदस्य धानुकले बताए । 

बिशेष रुपान्तरण अभियानका लागि बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् । दशरथचन्द नगरपालिकामा केन्द्रीय सदस्य भरत धानुक (पुकार), पाटन नगरपालिकामा केन्द्रीय सदस्य मञ्जु बम, पुर्चौंडी नगरपालिकामा वैकल्पिक केन्द्रीय सदस्य माया नेगी, मेलौली नगरपालिकामा केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सना र सिगास गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य गणेश खत्री इञ्चार्जको रुपमा खटिएका छन् । 

यस्तै शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य भक्त विश्वकर्मा, सुर्नया र दोगडाकेदार गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी, डिलाशैनी र दोगडाकेदारमा प्रदेश कमिटि उपाध्यक्ष मानसिंह माल इञ्चार्जको रुपमा खटिएका छन् । 

जनतासंगको सम्बन्धलाई बलियो बनाउँदै पार्टी संगठनलाई विस्तार गरिने माओवादी केन्द्रले जनाएको छ । देशैभरको अभियान भएको हुनाले पार्टीको संगठन विस्तारमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।