कांग्रेसका १५ विभागमा प्रमुख मनोनीत

कांग्रेसका १५ विभागमा प्रमुख मनोनीत

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनीत गरेका छन्। देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई(मधेश समन्वय विभागको प्रमुखमा मनोनीत गरेका हुन्।

केन्द्रीय सदस्य योगेन्द्र चौधरी थारू, गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय, आङगेलु शेर्पा पर्यटन, रणबहादुर रावल गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिन आदिवासी जनजाति, प्रकाश रसाइली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनीत भएका छन्। ।

रंगमती शाही पिछडिएको क्षेत्र, गुरु बराल आपूर्ति तथा उपभोक्ता, नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं सीता थपलिया (उर्मिला) लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनीत भएका छन्।

महामन्त्री विश्वप्रकाश शर्माले विभाग गठनको क्रम सुरु भएको र अब क्रमशः गति बढाउँदै अघि बढ्ने बताएका छन्।