जनतासंग माओवादी बिशेष रुपान्तरणः धनगढीमा ३ इन्चार्ज

जनतासंग माओवादी बिशेष रुपान्तरणः धनगढीमा ३ इन्चार्ज

धनगढी । नेकपा माओवादी केन्द्रले देशैभर संचालन गर्ने जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानका लागि धनगढीमा ३ इन्चार्ज तोकेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ धनगढी उपमहानगर कमिटीको १३ औं विस्तारीत बैठकले धनगढीमा अभियानका लागि ३ इन्चार्ज तोकेको हो ।

माओवादी केन्द्रका केन्द्रिय सचीव एवम् सुदूरपश्चिम ईन्चार्ज डिलाराम आचार्यको प्रमुख आथित्यमा भएको बैठकले वडाहरूलाई ३ कमाण्ड क्षेत्रमा विभाजन गरेर जिम्मेवारी तोकेको छ । जसअन्तरगत कमाण्ड नम्बर १ को इन्चार्जमा माओवादीका केन्द्रिय सदस्य दिपक साउँद ‘तरङ्ग’, कमाण्ड नम्बर २ को इन्चार्जमा केन्द्रिय सदस्य विना मगर र लक्ष्मी विक र कमाण्ड नम्बर ३ को इन्चार्जमा केन्द्रिय सदस्य निर्मला बडाल तोकिएका छन ।

तरङ्ग इन्चार्ज रहेको कमाण्ड नम्बर १ अन्तरगत ८ वडा रहेका छन । जसमा धनगढीमा वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ रहेका छन । त्यस्तै मगर र विक इन्चार्ज रहेको कमाण्ड नम्बर २ अन्तरगत पनि ८ वडा रहेका छन । जसमा धनगढीका वडा नम्बर ७, ८, ९, १०, १२, १५, १६ र १७ रहेका छन । बडाल इन्चार्ज रहेको कमाण्ड नम्बर ३ अन्तरगत ५ वडा रहेका छन । जसमा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ धनगढीका वडा नम्बर १४, १८ र १९ रहेका छन।

बैठकले जनतासंग माओवादी बिशेष रुपान्तर अभियान संचालन गर्नको लागि प्रत्येक वडामा पनि प्रदेश कमिटीमा रहेका नेताहरुलाई संयोजकको जिम्मेवारी दिएको छ ।
बैठकले जनतासंग माओवादी बिशेष रुपान्तर ३ महिने अभियान संचालन गर्नको लागि निर्मल शाहको संयोजकत्वमा व्यवस्थापन कमिटी, हरी क्षेत्रीको संयोजकत्वमा सांस्कृतिक कमिटी र डम्मर भट्टराइको संयोजकत्वमा प्रचार–प्रसार कमिटी चयन गरेको छ।

धनगढी उपमहानगर कमिटी अध्यक्ष सुरज खातीको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, अभियानका ईन्चार्ज धर्म सिंह कुँवर, नगर उपाध्यक्ष मन्तरा राना, नगर सचिव रमेश भट्टराई, अभियानका सदस्य बसन्त कार्की लगायतको सहभागिता रहेको थियो। माओवादी केन्द्रले संचालन गर्ने जनतासंग माओवादी बिशेष रुपान्तर अभियानको भदौ १६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जुम मार्फत देशैभर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।