बाबर-इफ्तिकारको आक्रमणमा नेपाल घाइते, खेल जित्न पायो ३४३ रनको लक्ष्य

बाबर-इफ्तिकारको आक्रमणमा नेपाल घाइते, खेल जित्न पायो ३४३ रनको लक्ष्य

धनगढी,१३ भदौ। एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ ।

कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि ३४३ रनको विशाल लक्ष्य दिएको हो । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन जोड्यो । पाकिस्तानका कप्तान बाबर आजमले १५१ र इफ्तिखर अहमदले १०९ रन बनाए । उनीहरुले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरेका थिए । १२४ रनमा ४ विकेट गुमाएको अवस्थामा बाबर र इफ्तिखरबीच साझेदारी सुरु भएको थियो ।

सुरुको १० ओभरमा ४४ रन जोडेको पाकिस्तानले अन्तिम १० ओभरमा १२९ रन जोडेको थियो । २५ रनमा २ विकेट गुमाएको पाकिस्तानलाई कप्तान आजमले मोहम्मद रिजवान र इफ्तिखर अहमदसँग गतिलो साझेदारी गर्दै सम्हालेका हुन् । उनले रिजवानसँग चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका फकार जमान १४, आघा सलमान ५, इमाम उल हक ५ र मोहम्मद रिजवान ४४ रन बनाएर आउट भए ।

नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एकएक विकेट लिए । पाकिस्तानका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।