कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ मा बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ मा बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको कांग्रेसका एक नेताले बताए ।

उनका अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो ।  ‘पर्व र संविधान दिवसले गर्दा असोज ४ गते बैठक बस्छ’, ती नेताले भने ।

साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ मा केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाएका थिए ।

विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक तालिकामा प्रत्येक २र२ महिनामा बैठक बस्ने गरी  दिन समेत तय गरेर तालिका प्रस्तुत गरेका थिए ।