एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी असोज २१ र २२ गते हुने

एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी असोज २१ र २२ गते हुने

धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी असोज २१ र २२ गते गर्ने निर्णय गरेको छ।

एमाले प्रदेश कमिटिको बैठकले असोज  २१ र २२ गते गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले  जानकारी दिए।

बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ । मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय समेत भएको प्रदेश सचिव धर्म पाठकले बताए ।

यस अगाडी भाद्र २२ र २३ गते अधिवेशन गर्ने निर्णय भएपनि गौरा पर्व २१ गते पनि मनाउने देखिएकाले असोजमा सार्नु परेको प्रदेश अध्यक्ष भण्डारीले बताए । अधिवेशको तयारी तिव्र भइरहेको छ । अधिवेशले नयाँ नेतृत्व पाउने छ । प्रदेश अधिवेश सकिएपछि लग्तै जिल्ला अधिवेशन हुने छ । एक व्यक्ति एक पदको नियम एमालेले कडारुपमा कार्यान्वय गर्ने भएपछि निर्वाचित जनप्रतिनिधीहरु अहिले लिएको जिम्मेवारीबाट बाहिरीदै छन् ।