बैङ्कको चर्को ब्याजदरका कारण कैलालीका ब्यवसायी पलायन हुन बाध्य

बैङ्कको चर्को ब्याजदरका कारण कैलालीका ब्यवसायी पलायन हुन बाध्य

धनगढी । कैलाली सहित देशभर अहिलेको परिस्थितिमा ब्यबसायीक क्षेत्रमा परेको असरले अन्य क्षेत्रमा पनि निकै अप्ठ्यारोमा परेको छ ।

कैलालीका उद्योग ब्यवसायी सरकारको कर र बैंक ब्याजदरका कारण मारमा परेका छन् । बैङ्कको चर्को ब्याजदरका कारण पनि ब्यवसायी पलायन हुन समेत बाध्य हुन थालेको ब्यवसायीहरुले बताएका छन् ।

विभिन्न कालखण्डमा यहाँका बिभिन्न क्षेत्रको बिकासमा नेतृत्वदायी भुमिका निर्बाह गर्दै आएको कैलाली उद्योग बाणिज्य संघ धनगढीको ४९ औँ बार्षिक साधारण सभाकार्यक्रममा शनिबार (आज) ब्यवसायीहरुले उक्त कुरा बताएका हुन् ।

प्रदेशकै अग्रणी संस्था कैलाली उद्योग बाणिज्य संघको साधारण सभा कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सरकारले लिने करलाई सही रुपले सदुउपयोग गर्न आग्रह गरे । कोरोना माहामारीले थला परेको ब्यवसाय फस्टाउन नपाए पछि स—साना ब्यवसायी देखि लिएर उद्योग व्यवसाय धराशायी बन्न पुगेको उनले बनाए । धनगढी उपमहानगरपालिकाले मात्रै दिनप्रतिदिन करको दायरा बढाईरहेको भएपनि ब्यवसायीहरुलाई कुनै प्रकारको राहत हुन नसकेको बताए । उनले भने—“यहाँको धनगढी उपमहानगरपालिकाले दिनप्रतिदिन करको दायर बढाईरहँदा ब्यापारी ब्यवसायीहरु माथि निकै रिण थुपारीएको छ यहाँका ब्यवसायीहरुका लागि मात्र नभई सम्पुर्ण जनाको लागि करको दायरा कम गर्नुपर्छ । राज्यले कर जति बढाएपनि सही रुपमा रकम चलाउन नसक्दा बिशेषगरी ब्यवसायीहरु धरासयी भएका छन्” ।

बिभिन्न शिर्षकहरुमा उपमहानगरपालिकाले दिन प्रतिदिन करको दायरा बढाएपछि यहाँका धेरै ब्यवसायीहरुले ब्यापार ब्यवसायनै छोडिसकेको पनि अध्यक्ष कुँवरले बताए । 

सुदुरपश्चिम प्रदेश सरकारका उद्योग, बन तथा पर्यटन मन्त्री रमेश धामी प्रमुख अथिती रहेको उक्त साधारणसभामा मन्त्री धामीले प्रदेश सरकारबाट हुने सबै किसिमको सहयोग गर्न सरकार तयार रहेको अवगत गराएका छन् ।

उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष पुष्कर ओझाले अहिलेको यो समय ब्यवसायीहरुका लागि खतरा र अप्ठ्यारो परिस्थितीमा पुगेको बताए । ब्यवसायीहरमा असर पर्नु भनेको सम्पुर्ण जनताहरुलाई पनि असर पर्नु हो । उनले भने—“ यसको असर खासगरी कोरोनाकाल देखि भएको हो । समाज, गाउँ हुँदै सबै क्षेत्रमा असर परेको छ, एकातिर सरकारको कर तिर्नुपर्ने त अर्कोतिर बैंक उच्च ब्याजदरका कारण उद्योग ब्यबसायी मारमा पर्न थालेका छन्” । 

पछिल्लो समय खसगरी बिश्वब्यापी रुपमा फैलिएको माहामारी (कोरानाकाल) देखि व्यापार, व्यवसाय चौपट भएपछि ब्यवसायीहरुलाई आफ्नो परिवारको पुर्ती गर्न र साहुको भाडा तिर्नमा निक्कै मुस्किल परेको संघका महासचिव ओमबहादुर विष्टले बताए । 

सुदुरपश्चिम प्रदेश सरकारका तर्फबाट उद्योग, बन तथा पर्यटन मन्त्री रमेश धामीले प्रदेश सरकारबाट हुने हरेक सहयोग  गर्न तयार रहेको बताए । 

संघको ४९ औं साधारण सभामा उद्योग बाण्ज्यि महासंघका केन्द्रिय प्रतिनीधि, जिल्लास्थित विभिन्न नगर उधोग संघका प्रमुख एवम् प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत जिल्ला भरका व्यबसायीहरुको सहभागीता रहेको थियो । 

संघको स्थापना २०२७ सालमा भएको थियो । संघको स्थापना भएको ५३ बर्ष भएको छ ।