विशेष

गाँउपालिकाको कार्यालयमा राखिएको बम नेपाल आर्मीद्वारा निष्क्रिय

धनगढी खबर    

गाँउपालिकाको कार्यालयमा राखिएको बम नेपाल आर्मीद्वारा निष्क्रिय

बझाङ : बझाङ जिल्लाको छविसपाथीभेरा गाँउपालिकाको कार्यालयमा राखिएको बाल्टिन बम नेपाल आर्मी र नेपाल प्रहरीको टोलीले निष्क्रिय पारेको छ ।

मंगलबार गाँउपालिकाको मुल गेटमा अज्ञात समुहले बाल्टिन बम राखेको फेला परेपछि जिल्ला बाट नेपाली सेना र नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएका थिए । सोमबार राती नै कुनै अज्ञात समुहले गाँउपालिकाको कार्यालयको मुलगेटमा बम राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना स्थालमा खटिएका असै मदन धामीका अनुसार गाँउपालिकाको मुल गेटमा राखेको बाल्टिन बम दिउँसो ३ बजे नेपाल आर्मी र नेपाल प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेको हो । बाल्टिन बमको वरिपरी सेतो कागजमा पुलिस दमन बन्द गर, भ्रष्ट गाँउपालिकाका अध्यक्ष अक्कल धामी मुर्दाबाद, ६२० भ्रष्टहरु मुर्दाबाद लेखिएको कागज फेला परेको जनाइएको छ ।

गाँउपालिकाको बाहिर सिसि क्यामेरा जडान गरिएको भएपनि उक्त सिसि क्यामेरा समेत फालेको प्रहरीले जनाएको छ । गाँउपालिकाको मुल गेटमा नै बम फेला परेपछि यहाँका कर्मचारी, जनप्रतिनिधीका साथै स्थानीय बासिन्दाहरु समेत त्रसित भएका छन् । उक्त बम अरु कसैले नभएर नेत्र विक्रम चन्द विप्लब समुहले राखेको हुन सक्ने आशंका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसिले बताए ।

गाँउपालिकामा विप्लब समुहका कार्यकर्ताहरु चन्दा माग्न गएका र चन्दा नदिए पछि बम राखेको हुन सक्ने हल्ला सुनिएको डिएसपि केसिले बताए । अहिले उक्त ठाँउको अवस्था सामान्य रहेको र शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको डिएसपि केसिले बताए ।



मङ्गलबार ०७, जेठ २०७६ ०४:३९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस