अफगानिस्तानले पाकिस्तानलाई दियो ३ सय १ रनको लक्ष्य

अफगानिस्तानले पाकिस्तानलाई दियो ३ सय १ रनको लक्ष्य

काठमाण्डौ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई ३ सय १ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको हम्बनटोटामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय रन बनायो । यो अफगानिस्तानले एकदिवसीयमा पाकिस्तानलाई दिएको अहिलेसम्मकै ठूलो लक्ष्य हो ।यसअघि सन् २०१८ मा अबुधाबीमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय ५८ रनको लक्ष्य दिएको थियो ।

अफगानिस्तानका रहमनुल्लाह गुरबाजले १ सय ५१ रन बनाए । यस्तै इब्राहिम जद्रानले ८० रन बनाए । गुरबाज र जद्रानले पहिलो विकेटका लागि २ सय २७ रनको साझेदारी गरेका थिए । यो अफगानिस्तानको एकदिवसीय इतिहासमा अहिलेसम्मकै दोस्रो ठूलो साझेदारी हो भने पाकिस्तानसँगको खेलमा पहिलो ठूलो साझेदारी हो ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ तथा नसीम शाह र उसमा मिरले १र१ विकेट लिए ।