अन्तराष्ट्रीय कराँते प्रतियोगिताको तयारी अन्तीम चरणमा, विभिन्न देशका खेलाडी धनगढी पुग्ने क्रम जारी

अन्तराष्ट्रीय कराँते प्रतियोगिताको तयारी अन्तीम चरणमा, विभिन्न देशका खेलाडी धनगढी पुग्ने क्रम जारी

धनगढी । धनगढीमा आयोजना हुन गइरहेको आरविए नवौ अन्तराष्ट्रीय गोजुरियो प्रतियोगीताको तयारी अन्तीम चरणमा पुगेको छ । सार्क राष्ट्रका विभिन्न देशहरुका ७ सय भन्दा बढी खेलाडी हरुको सहभागीता रहने प्रतियोगीताको सम्पुर्ण प्राविधिक तयारी पुरा भएको आयोजक राष्ट्रीय गोजुरियो कराते दो संघले जनाएको छ । 

प्रतियोगीतामा सहभागीताका लागी नेपालका विभिन्न प्रदेशहरुका टोली धनगढीका लागी प्रस्थान गरि सकेका छन् भने नेपाल बाहेकका विभिन्न देशहरुका खेलाडी तथा अफीसियलहरु पनि धनगढी पुग्नेक्रम जारी रहेको छ । भारत, बंगलादेश लगायतका देशहरुका खेलाडीहरु एवम् कोचहरु धनगढीमा पुगीसकेका छन् । 

यही जेठ ९ गते धनगढी स्थित क्षेत्रिय रंगशालामा प्रतियोगीताको भव्यरुपमा उद्घाटन गरिने प्रतियोगीताका संयोजक प्रकाश चन्दले जानकारी दिनुभयो । प्रतियोगीताको मुख्य प्रायोजक रहेको राष्ट्रवादी विकाशिल अभियानका प्रतिनिधी पनि धनगढीमा आइसकेका छन् । नेपालमा कराँतेको इतिहासमा सबैभन्दा ठुलो प्रतियोगीताका रुपमा रहेको यो प्रतियोगीताले सुदूरपश्चिम प्रदेशको समग्र विकासका क्षेत्रमा टेवापुग्ने विश्वास लिइएको छ । 

प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा प्रतिस्पर्धा हुने तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने चन्दले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुुने टिमले ७५ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ५० हजार पुरुकार पाउने छन । त्यस्तै टिम कुमुते विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिने छ । 


आयोजक संस्था गोजुरियो कराते दो संघका अनुसार खेलाडी तथा अफिसियलहरुको खाना र आवासका लागी सम्पुर्ण प्रवन्ध गरिसकीएको छ । प्रतियोगीताका लागी आवश्यक प्राविधिक टिम तथा खेल खेलाउन आवश्यक पर्ने म्याटहरु समेत धनगढी पुगीसकेका छन् ।  

प्रतियोगिताको मुख्य प्रायोजकमा राष्ट्रवादी विकासशील अभियान रहेको छ भने प्रायोजकमा शुभश्रीप्यालेस धनगढी रहेको छ, भने प्रतियोगीतामा जस्मीन पेन्ट, होटेल फ्लोरा तथा ज्योती लाइफ इन्सेरेन्स सहप्रायोजकका रुपमा रहेका छन् ।