महिला टी–२० आई क्रिकेट: आज कुवेतसँग प्रतिस्पर्धा गर्दै नेपाल

महिला टी–२० आई क्रिकेट: आज कुवेतसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० आई क्रिकेट सिरिजमा नेपालले आज (बुधवार)  कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। 

नेपाल र कुवेतबीचको खेल नेपाली समयानुसार बिहान ११:४५ बजेबाट  मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ। 

आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतबीच सिरिज खेल आयोजना भएको हो। 

नेपालले सिरिजको पहिलो खेलमा हङकङविरुद्ध जित निकालेको थियो। नेपालले मंगलबार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो। 

नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। कुवेतविरुद्धको बुधबारको खेलमा जित निकाले नेपालको फाइनल यात्रा पक्का जस्तै हुनेछ।