भूमि व्यवस्था, कृषि तथा सहकरी मन्त्रालय सुदूरपश्चिम प्रदेशले व्यावसायिक रूपमा स्याउ उत्पादनका लागि बैतडी र बझाङमा साढे २ हजार बिरुवा वितरण गरेको छ । ८६ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादनका लागि मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा २ हजार ५ सय ८० बिरुवा वितरण गरेको हो ।
स्याउ उत्पादनका लागि बैतडी र बझाङ उर्वर देखिएपछि बिरुवा उपलब्ध गराएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सो अवधिसम्ममा ४ सय ३५ मेट्रिकटन बीजवृद्धि आलु उत्पादनको लक्ष्यसहित डँडेलधुरा, कैलाली र कञ्चनपुरमा २९ हेक्टर क्षेत्रफलका लागि बीजवृद्धि आलु वितरण गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ मा २ सय ९० हेक्टर क्षेत्रफलमा उन्नत जातको बीउ उपलब्ध हुने गरी वितरण गरिएको बताइएको छ । त्यस्तै २ सय ५१ हेक्टर क्षेत्रफलमा ६ सय २० मेट्रिकटन बीजवृद्धि गहुँ उत्पादनका लागि तोकिएको कार्यक्रम अनुसार बीजवृद्धि गहुँ उपलब्ध गराइएको मन्त्रालयको दोस्रो चौमासिक प्रतिवेदनले देखाएको छ । आगामी आवसम्ममा कैलाली, कञ्चनपुर, बैतडी र डँडेलधुरामा ४ हजार ८ सय ३० हेक्टर क्षेत्रफलमा उन्नत गहुँको बीउ उपलब्ध हुने मन्त्री विनीता चौधरीले बताइन् ।
उनका अनुसार मन्त्रालयले दोस्रो चौमासिकसम्ममा बैतडी, बझाङ र डँडेलधुरामा १ सय ६८ हेक्टर क्षेत्रफलमा ओखर क्षेत्र विस्तारका लागि २० हजार बिरुवा वितरण गरिएको बताए । यस वर्ष डँडेलधुराबाट ५ हजार टिस्यु कल्चरका ओखरका बिरुवा वितरण गरिएको बताइएको छ । मन्त्रालयका अनुसार थारू आलु संरक्षण तथा संवद्र्धन पकेट कार्यक्रम मार्पmत १८ ओटा पकेटमा ६० हेक्टर क्षेत्रफलमा कैलाली र कञ्चनपुरमा गरी ६ सय मेट्रिकटन आलु उत्पादन भएको छ । उत्पादित आलुमध्ये २ सय मेट्रिकटन बीउका लागि भण्डारण गरिन बताइएको छ ।