सुदूरपश्चिम प्रदेश सभामा प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धी विधेयक माथि सामान्य छलफल

सुदूरपश्चिम प्रदेश सभामा प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धी विधेयक माथि सामान्य छलफल

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा सोमबार प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सामान्य छलफल भएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट प्रस्तुत भएको विधेयकमाथिको सामान्य छलफलमा भाग लिँदै सत्तापक्ष नेकपामा सांसद महेशदत्त जोशीले प्रदेशमा उद्योग स्थपानाका लागि कानून अनिर्वाय रहेको सन्दर्भमा विधेयक आउनु सकारात्मक रहेको बताउनुभयो ।

नेकपाकै सासंद रतन थापाले औद्योगिक उत्पादन नबढ्दासम्म प्रदेश सम्बृद्ध हुन नसक्ने बताउँदै विधेयकमा प्रदेश सरकारले पनि उद्योग सञ्चान गर्न सक्ने भनिएकाले सरकारले सञ्चालन गर्ने उद्योग कस्तो हुने प्रष्ट हुनुपर्ने बताउनुभयो । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गोविन्दराज बोहराले उद्योग स्थापनाकालािग प्रदेश पूर्वाधार खनभएकेले सरकारको ध्यान उद्योग स्थापना भन्दा पनि पूर्वाधार बनाउने तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सुविधा दिएर उद्योग स्थापनाको वातावरण बनाउने तर्फ सरकार लाग्नुपर्ने बताउनुभयो । 

यस्तै राजपा सांसद मालामति रानाले उद्योगमा गानी गर्न चाहनेहरुाई क्षमता अनुसारो उद्योग स्थापना गर्नमा सरकार सहयोगी हुनपर्ने बतानुभयो । सो विधेयकका दफाहरुमा संशोधन गर्न चाहने सांसदहरुले ७२ घण्टासम्म संशोधनको प्रस्ताव दर्ता गर्न सक्ने छन् ।

आजको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा मात्रै छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री माया भट्टले जवाफ दिनुभएको थियो ।