सुदूरपश्चिम पृतना द्वारा आयोजित पृतना स्तरीय ट्रफि सुरु

सुदूरपश्चिम पृतना द्वारा आयोजित पृतना स्तरीय ट्रफि सुरु

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना द्धारा आयोजित पृतनापति ट्रफि २०८० सुरु भएको छ । शनिबार एक समारोहका बिच सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले ट्रफिको उद्घाटन गरेका हुन । 

आगामी भदौ १० गते सम्म संचालन हुने पृतनापति ट्रफिमा भलिबल , फुटबल , बास्केट बल, स्वीमिङ, बक्सिङ लगायतका खेलहरु समाबेश गरीएका छन् । 

प्रतियोगिता श्री नं ५ बाहिनी अड्डा र २५ नं बाहिनी अन्र्तगत संचालन हुने छन् । जसमध्ये भलिबल स्वीमिङ र  बक्सिङ महेन्द्रनगरमा हुनेछन् भने बाँकी खेलहरु तेघरी ब्यारेकमा संचालन हुने नेपाली सेनाले जनाएको छ । 

यसअघि पनि लगातार नेपाली सेनाले ट्रफि आयोजना गर्दै आएको छ । साथै अन्र्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको तर्फबाट बिभिन्न बिधामा खेलाडीहरु सहभागी गराई खेलकुद क्षेत्रमा नेपाली सेना र नेपालको नाम राख्दै आएको छ । 

खेलाडीमा सामुहिक भावना ल्याउनुको साथै नेपाली सेनाको स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फे्रन्डसिप कुरालाई मनन गर्दै बिभिन्न बिधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ट्रफि आयोजना गरीएको सेनाले जनाएको छ। 

उद्घाटन समारोहमा पृतनापति का साथै ५ र २५ नं बाहिनिका बाहिनीपतिहरु गणपति , गुल्मपति सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।