बझाङमा आगलागीबाट दुई घर जलेर नष्ट

बझाङमा आगलागीबाट दुई घर जलेर नष्ट

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका ९ स्थित देबल गाउँमा सोमबार दिउँसो आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नष्ट भएका छन। कर्कट पाताले छाएका स्थानीय सिद्धराज जोसी र हरिप्रशाद जोसीको घरमा भएको आगलागीबाट घरमा रहेको ५० लाख बराबरको धनमाल पुर्ण रुपमा क्षति भएको प्रहरीेले जनाएको छ।

भान्साकोठामा रहेको चुलोमा गाईको लागी खोले पकाउदै छोडेर घरमालिक काममा हिडेपछि आगो सल्किएको जानकारी प्राप्त भएको छ। आगलागीबाट खाद्यान्न,लुगाकपडा, भाँडाकुडा लगाएतका मालसामानहरू पूर्ण रुपमा जलेर नष्ट भएका छन्।

आगलागी भएको थाहा पाएपछि देवल विमानस्थल सुरक्षा गार्डबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले आगो नियन्त्रणमा लिए पनि मालसामान भने बचाउन नसकिएको स्थानीयबासीले जनाएका छन्।

आगलागीबाट घर तथा धनमाल पुर्ण रुपमा जलेर नष्ट भएपछि अग्नि पीडित परिवार बिचल्लीमा परेका छन भने उनीहरू नजिकैको मन्दिर परिषरमा त्रिपालमुनि बस्न बाध्य भएका छन्।