डोटीका तीन पूर्व जनप्रतिनिधि पत्रकारमाथि खनिए

डोटीका तीन पूर्व जनप्रतिनिधि पत्रकारमाथि खनिए

धनगढी । डोटीको शिखर नगरपालिकाका मेयर र उनका स्वकीय सचिवबीच भएको विवादको विषयलाई लिएर अहिले पत्रकारमाथि तथानाम गाली गलौच हुन थालेको छ । पत्रकारलाई समाचार नलेखेको भन्दै डोटीका तीन जना पूर्व जनप्रतिनिधिहरु पत्रकारमाथि खनिएका हुन् । 

दिपायल सिलगढी नगरपालिकाकी पूर्व मेयर तथा नेकपा एमाले नेतृ मञ्जु मलासीले ‘डोटीमा पो पत्रकार महासंघ कब्जा गरेको पो हो त । पत्रकार त शिखरको भ्रमणमा जानु भाछ थाहा छन् के हो ?’ भन्दै कमेन्ट गरेकी छिन् । उनी एकताका दिपायल सिलगढीको फोहोर संकलन गरेर दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृतको टेवलमा राखेर चर्चामा आएकी थिइन् । नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै उनले कार्यकारी अधिकृतको टेवलमै फोहोर फालेकी थिइन् । त्यसलगत्तै भएको स्थानीय निर्वाचनमा उनी त्यही नगरपालिकाको नगर प्रमुखमा जितेकी थिइन् । उनलाई आफ्नो कार्यकालमा फोहोर व्यवस्थापन गर्न नसकेको आरोप लाग्दै आएको थियो । उनले आफ्नो कार्यकालमा कहिले सेती नदीमा त कहिले कलेना जाने बाटो डम्पिङ बनाएको भन्दै आलोचना सहनु परेको थियो । 

यस्तै जिल्ला समन्वय समिति डोटीका पूर्व संयोजक तथा एमाले नेता राम ऐरले पनि तेज बिष्टले लेखेको स्टाटसमा कमेन्ट गर्दै भतुवाहरुको के कुरा भनेर पत्रकारहरुलाई अस्वभनिय शब्द प्रयोग गरेका छन् । यस्तै बोगटान फुडसिल गाउँपालिकाकी पूर्व उपाध्यक्ष भगवती बमले पनि कनीकुथी शब्द जोडेर पत्रकारलाई अशोभनिय शब्द प्रयोग गरेकी छिन् । उनले झलक पाली ‘झरना’ ले लेखेको स्टाटसमा कमेन्ट गर्दै भनेकी छिन्,‘सही पत्रकार कहाँ छन् त सबै झोले पत्रकार छन् डोटीमा । सही र गलत छुटेयाउने पत्रकारै छैन । अरुको खाली पनि समाचार बनाएर निउज छाप्ने बालो १ झोले पत्रकार काँ गय छ । अरुको त तेतिकै नियुज बनाएको थियो त्यो झोलेले । अहिले तेत्रो हुन्जेल काँ लकुेछ त्यो सही कुरा भन्दा भन्दै नियुज बनाउनेवाला कति दियछ पैसा । त्योलाई निउज बनायको झोलेले कति खाय छ ।आपना आङमा भैंसी उकलेको नदेख्ने अरुका आङमा जम्रा उकलेको देख्ने सहि लगत नछुट्यनइकन समाचार बनाउने भयको त्यो झोले हो तेस्तालाई पत्रकार भनिदैन । त्यो पुत्रकार हो । तेस्को त के भलो होला नभएको समाचार बनायो खातेले टाउको फुटान्जेल काँ गयो त्यो हाम्रो भय फटाफट नियुज आउथे होला । धन्य पुत्रकारउ पार्टिका झोले पुत्रकार हुन तिनजिहरु पत्रकार हैनन तिनिहरु ।’  पूर्व उपाध्यक्ष बमले लेखेको भाष्य बुझ्नै नसकिने छ । ‘उनलाई ह्रश्व दीर्घको त के ज्ञान, शब्दावली मिलाउन समेत कनिकुथी लेखेकी छिन् । जुन कमेन्ट पढ्दा पटक पटक हाँस उठ्छ,’ उनीलाई नजिकबाट चिन्ने एक नेताले भने,‘ठूलो सभा समारोहमा बोल्नै त उनलाई गाह्रो पथ्र्यो, झन लेख्न त पर्ने नै भयो ।’
No description available.

No description available.

No description available.

No description available.