बर्थडे केकलाई २० टुक्रा पारेको २९ सय रुपैयाँ शुल्क लिएपछि...

बर्थडे केकलाई २० टुक्रा पारेको २९ सय रुपैयाँ शुल्क लिएपछि...

काठमाडौं । ग्राहकले रेष्टुरेन्टमा गएर खानपिन गरेपछि पैसा तिर्नु त पर्छ नै । तर इटालीको एक रेष्टुरेन्टले ग्राहकबाट खानपिनको पैसा मात्र होइन एउटा बर्थडे केक काटिदिएबापतको शुल्क पनि असुलउपर गरेको छ ।

इटालीको सिसिलीस्थित पालेम्रोमा रहेको एउटा रेष्टुरेन्टमा जन्मदिन मनाउन गएको एक परिवारलाई उक्त रेष्टुरेन्टले पिज्जा, वाइन, बियर र पानीबापतको १२१ युरोको बिल मात्र होइन उनीहरुले बाहिरबाटै लगेको बर्थडे केकलाई २० टुक्रामा काटिदिएबापतको थप २० युरोको बिल पनि थमायो । यो भनेको करीब २९ सय रुपैयाँ हुन्छ ।

रेष्टुरेन्टमा १२१ युरोको खानपान गर्दासमेत आफैंले लगेको केट काटिदिएबापत प्रतिटुक्राको थप १ युरो शुल्क लिएपछि उनीहरु अचम्ममा पर्नुको विकल्प रहेन ।

बिलमा केक काटिदिए बापतको २० युरो रकमको खण्डमा ’द्दण् ह् क्भचखष्शष्य त्यचतब’  लेखिएको थियो । जसको अर्थ २० टुक्रा केक सर्भ गरेको भन्ने हुन्छ ।

ग्राहकको केक काटिदिएको कुरामा पनि रकम असुल गरेपछि सो रेष्टुरेन्टको सोसल मिडियामा आलोचना भइरहेको छ ।

यद्यपि उक्त रेष्टुरेन्ट यस्तो अपत्यारिलो शीर्षकमा पनि रकम असुल गर्ने एक्लो इटालियन रेष्टुरेन्ट भने होइन ।

यसअघि एकजना बेलायती पर्यटकलाई पनि उनको स्याण्डविच दुईटुक्रा काटिदिएबापत समेत पैसा लिइएको घटना सार्वजनिक भएको थियो । त्यस्तै एउटा अर्को इटालियन रेष्टुरेन्टले बच्चाको लागि खाना राख्न थप एउटा खाली प्लेट दिएबापत २ युरो अतिरिक्त शुल्क लिएको थियो ।