दारी ग्याङ धनगढीद्धारा दृष्टि फाउन्डेसनलाई सहयोग हस्तान्तरण

दारी ग्याङ धनगढीद्धारा दृष्टि फाउन्डेसनलाई सहयोग हस्तान्तरण

धनगढी : दारी ग्याङ धनगढीले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । ‘जात्रै जात्रा’ को च्यारेटी सो मार्फत सङ्कलन भएको रकमबाट ३४ हजार बराबरको सामान फाउन्डेसनलाई आज हस्तान्तरण गरेको हो ।

जेठ ३ गते जोशी टाकिजमा भएको चलचित्रको च्यारिटि सो बाट ७४ हजार रकम सङ्कलन भएको थियो । त्यसबाट अन्य खर्च कटाई ३४ हजार बराबरको दराज, प्रिन्टर, बुफर लगायतका सामान हस्तान्तरण गरिएको र ७ हजार दारी ग्याङको खातामा रहेको दारी ग्याङ धनगढी संयोजक दिनेश बोहराले जानकारी दिए ।