राजु चन्द/धनगढी।
ओल्को !
'ओल्के' को उमंङ्ग!
गगन सारा "सतरति" बर्षिएको बेला....!
'ऋतुमती' धर्तीले सुनौलो आयामहरु संगालेको बेला...!!
ओल्के को कोसेली लिएर, खोला उर्लिंदो बैंशले नदिलाई अंकमाल गर्न पुग्छ
नदि जोबनको उत्ताउलो बेगले समुंद्र भेट गर्छ!
समुंद्र, त्यत्रो धेरै कोसेलीको,
भारी कसरी बिसाउंछ..?
ओल्को को भारी थामेर..!!!
मदमस्त छ उ, अनि हलचल गर्छ..!
बलिया तुफानहरु किनारतिर पठाएर..!
त्यसैले,
यो ओल्के सँक्रान्तिको निर्झर बेला,
ओल्को तिमी आफैं ल्याई पुर्याउनु है,
तिमी हिंड्ने गोरेटो हरुमा,
पिरतिले मन थाम्ने भारी बोकेर दुवैको कुम ले थाम्ने 'कोथलो' होस्
निराशाको बादलहरु 'व्यान्नलै' फाटोस्...!!!
बिहानै मिर्मिरेको सुन्दर उषा,
दोपहर चम्किलो सुरज होस्
साँझ 'गोधुलिको' शितलता,
राती प्रहर तिमी र मेरो माँझ
चम्किंदै उड्ने त्यो जुनकीरी, दियालो बलोस्.!
ओल्को, संधै संधै न्यानो र नौलो रहोस्..!
'बुको' माया मात्र होईन,
प्रेम अनि सम्मानको अनमोल स्वरुप होस्!
संस्कार र संस्कृति को भकारी बनोस्!!
सेती-काली आँगनिको बगैंचा मा,
झुसिल्किरीहरु बिलाएर पुतली उडोस्!!!
पृय सुवासिनि!
तिमी त्यही ओल्को बोकि आंउनु,
हरेक ओराली र उकालिहरुमा,
हरेक मौसम र ऋतुहरुमा..!
ओल्को, जिवन्त:
बाह्रमासै फुलि रहोस्...!!फलिरहोस्...!!!!
शुभकामना !!!