कैलाली : कैलालीको करिब ४० प्रतिशत वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाको एक लाख ८० हजार हेक्टर वन क्षेत्र मध्ये झण्डै ७२ हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।
राष्ट्रिय वन, सामुदायिक वन र साझेदारी वन क्षेत्रमा डढेलोका कारण हजारौ साना तथा ठूला रुखहरु खरानी भएका छन् ।
गर्मी मौसम सुरु भएसँगै कैलालीको चुरे क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् भने तराईमा रहेका वन पनि आगलागीको चपेटामा परेको छ । आगलागीका कारण वनमा ठूलो क्षती भएको छ ।
आगलागीबाट सबैभन्दा बढी चुरेको वन प्रभावित भएको छ । चुरे क्षेत्रमा सल्लाका रुखहरु बढी रहेका छन् ।सल्लामा छिट्टै आगो सल्कनुका साथै भौगोलिक कठिनाइसमेत रहेकाले चुरे क्षेत्रको डढेलो नियन्त्रण गर्न चुनौती भएको सव डिभिजन वन कार्यालय सहजपुरका प्रमुख डबल बोहोराले बताए ।
डढेलोका कारण वन मात्रै होइन वनमा आश्रति वन्यजन्ुतको बास्थानमा समेत क्षती पुगेको छ ।