घाँसका लागि स्थानीयले लगाउँछन् वनमा आगो

घाँसका लागि स्थानीयले लगाउँछन् वनमा आगो

डडेल्धुरा : डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरू भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । 

जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाडौंका सामुदायिक वनमा र अमरगढी नगरपालिका– १० राई बस्ती नजिकको वनका साथै महाभारत र चुरे वन क्षेत्रमा समेत आगो लाग्ने गरेको छ । 

साथै जिल्लाका अन्य सामुदायिक तथा सरकारी वनमा समेत आगो लाग्ने गरेको वनमा आबद्ध पदाधिकारी बताउँछन् । स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रकाश जोशीले बताए । 

उनी भन्छन्, ुचुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा अन्य लापरवाहीले वनमा आगलागी हुने गर्छ ।ु नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ता आफैं आगो लगाउने गर्दछन् । निजी खोरिया, गजाल ९घाँस काट्नका लागि बनाइएको क्षेत्र०मा उपभोक्ताले नयाँ घाँसका लागि आगो लागाउने र त्यही आगो सुक्खायाममा नियन्त्रमा ल्याउन नसक्दा अन्य वनसमेत विनाश हुने गर्दछन् ।

गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउँछन् तर अत्यधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसक्दा वन विनाश हुने गर्छ । आगो लाग्दा भिरालो र घना जङ्गलका स्याउला, सोत्तर र हावाका कारण फैलने भएकाले अन्य वन पनि विनाश हुँदै आएको छ।

सुक्खायाममा सल्लेरी वनमा आगो लगाउनेक्रम स्थानीय बासिन्दाबाटै बढी हुने गरेको तथ्य फेला परेको यसबारे जनचेतना जगाउँदा पनि सार्थकरूप लिन नसेको रेञ्जर धनबहादुर झुकालको भनाइ छ । आगलागीका कारण साना बुट्यान र नयाँ बिरुवासमेत विनाश हुन्छ । 

जिल्लामा करीब ६०० सामुदायिक र कबुलियती वन छन् । हरेक वर्ष गर्मीयाममा जिल्लाका प्रायस् जसो सल्लेरी वन र अन्य वनमा आगलागीका कारण वन विनाश हुँदै आएको छ । जिल्ला वन कार्यालयका अनुसार एक लाख ५३ हजार आठ हेक्टर जमिनमध्ये एक लाख १५ हजार  १५९ हेक्टर वन जङ्गल रहेको छ । वर्षेनी यहाँका ५० प्रतिशतभन्दा बढी वनमा आगो लाग्ने गर्दछ ।