मिडिया कप फुटसल : एसटीएस टेलिभिजन समुह ए र रेडियो धनगढी समुह बी को विजेता

मिडिया कप फुटसल : एसटीएस टेलिभिजन समुह ए र रेडियो धनगढी समुह बी को विजेता

धनगढी : धनगढीमा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको तेस्रो दिनसम्म भएका खेलमा सेमिफाईनल पुग्ने तीन टीमको टुंगो लागेको छ । चौथो दिनको खेलले अन्तिम चारमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।

समुह ए को विजेता बन्दै एसटिएस टेलिभिजन अन्तिम चारमा पुगेको छ । सोमबार भएको पहिलो खेलमा अनुमोदनलाई हराउँदै एसटिएस समुह ए को विजेता बनेको हो । तीन खेलमा लागातार जित हात पारेको एसटिएसको नौ अंक रहेको छ ।

एसटिएसले अनुमोदनलाई ११ — ० ले हराएको हो । एसटिएसको लागि योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र समीर विष्टले एक एक गोल गरे । एसटिएसले लिगको अन्तिम खेलमा मंगलबार डेलीपाटी डटकमसँग खेल्नेछ । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलाली जिल्ला समन्वय शाखाको आयोजनामा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको तेस्रो दिन भएको दोस्रो खेलमा भने सुदुर सन्देशले सान्त्वना जित हात पारेको छ । सुदुर सन्देशले दिनेश एफएमलाई ५—० ले हराएको हो ।

सुदुर सन्देशका लागि राजकुमार चौधरीले ३ बालकृष्ण शर्माले २ गोल गरे । यसअघिको एक खेलमा हार र एकमा बराबरी गरेको सुदुर सन्देश चार अंक भएपनि प्रतियोगिताबाट बाहिरिएको छ भने दिनेश एफएम पनि तीन खेलमा पराजित हुँदै अंक विहीन भएर आउट भएको छ ।

तेस्रो खेलमा भने लागातार दोस्रो जित हात पार्दै पश्चिम टुडेले सेमिफाईनल पुग्ने सम्भावनालाई वलियो बनाएको छ । पश्चिम टुडेले डेलीपाटी डटकमलाई ११—३ ले पराजित गर्यो । पश्चिम टुडेका लागि प्रदिप पाठक दिपक उपाध्याय र रोशन चौधरीले चार चार गोल गरे । डेलीपाटी डटकमका लागि सुनिल आउजीले दुई र पुष्कर विकले एक गोल फर्काए । 

तेस्रो दिनको अन्तिम तथा चौथो खेलमा जित हात पार्दै रेडियो धनगढी समुह बी को विजेता बन्दै सेमिफाईनल पुगेको छ । रेडियो धनगढीले बी टिभीलाई ७—१ ले हराएको हो । रेडियो धनगढीका लागि लोक कार्कीले ५ गोल गरे । प्रकाश छेडालले २ गोल थपे । बी टिभीका लागि नवराज धानुकले एक गोल फर्काए । 

प्रतियोगिता अन्तर्गत मंगलबार पनि लिग चरणका अन्तिम चार खेल हुनेछन । वुधबार सेमिफाईनल र फाईनल हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्।

त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ। 

यस प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको छ भने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका छन्। प्रतियोगिताको प्राविधिक पक्ष फ्ल्याटल्याण्ड फुटसलले गरिरहेको छ ।