धनगढीमा युगल रचना वाचन हुँदै

धनगढीमा युगल रचना वाचन हुँदै

धनगढी ।  धनगढीमा युगल रचना  बाचन समारोह हुने भएको छ ।  साहित्य लेखनमा सकृय युवा श्रस्टाहरुको समूह रचना वाचन समूह धनगढीको आयोजना रहेको चौथो शृङ्खलामा शनिवार(भोली) धनगढीका दुइ चर्चित गजलकार तारा पल्लवी र रघुनाथ कडरियाका गजल गुन्जिने भएका छन। 
२०७३ साल कार्तिक २७ मा युवाकवी जनक रसिकबाट सुरु भएको  रचना वाचन शृङ्खलाको दोश्रो शृङ्खलामा २०७३ पौष ९ गते संचारर्कमी तथा गजलकार डिल्लीराज ओझा समर्पण गुन्जिएका थिए । त्यसपछि अली सुस्ताएको एकलवाचन पुनः २०७४ को मध्यतिर प्रखर कवि हेमन्त विवशले धनगढीको माहोल तताएका थिए भने यसपटक गजलकार द्वय तारा पल्लवी र रघुनाथ कडरियाले आफ्ना सृजना मार्फत धनगढीलाइ गजलमय बनाउने आयोजक रचना वाचन समूह धनगढीका सदस्य डिल्लीराज ओझा समर्पणले बताउनुभयो । 

पल्लवी प्रदेश ७ बाट ६० को दशकदेखी नेपाली गजल लेखनना सक्रिय नारी श्रस्टा हुन भने कडरीय पनि ६० कै दशकदेखी बहरमा कलम चलाइरहेका सकृय श्रस्टा हुन। गजल वाचन संगै दर्शकलाइ थप मनोरञ्जन प्रदान गर्न पश्चिम नेपालका उदाउँदा गाएक र संगीतकार नरेश जोशी (आर्यन ) को गाएन समेत रहने आयोजक समितिका सदस्य जनक रसिकले बताउनुभयो। "युगल रचना वाचन अवलोकन गर्न रु.१०० को टिकट राखेका छौ, सुरुसुरुमा मान्छेले पैसा तिरेर पनि कसैले साहित्यिक कार्यक्रममा जान्छ र भनेर खिसी काडेपनी अहिले सो कार्यक्रममा उपस्थिति हुन मान्छेहरु अग्रिम टिकट लिरहेका छन" रसिकले बताउनुभयो।

प्रदेश न. ७ का स्रस्टाहरुलाइ मंच प्रदान गर्दै यस क्षेत्रको साहित्यलाइ अगाडि बढाउनु र साहित्यानुरागीहरुलाइ साहित्यिक रसपान गराउनु कार्यक्रम मुख्य उद्देश रहेको आयोजक समितिका सदस्य डिल्लीराज ओझा समर्पणले बताउनुभयो। उहाँले पहिले कार्यक्रमको लागि होटेल डिभोटी तय गरेपनी दर्शकको चाप बढ्ने संकेत देखिएपछि कैलाली उद्योग वाणिज्य संघसंगै जोडीएको सुभम् आवास गृहमा कार्यक्रम हुन लागीएको समेत समर्पणले जानकारी दिनुभयो ।